प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ मा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ।
सोरूम शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्स द्वारा सञ्चालित हुनेछ।
उद्घाटन समारोह शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका सञ्चालक करिराम शाह र कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको थियो।
तिवारीले नेपाली बजारमा गुणस्तर, डिजाइन र आधुनिक प्रविधियुक्त टाइलहरूको पहुँच अझ सुदृढ हुँदै गएको बताए।
नयाँ सोरूममा कजारियाका चार हजार बढी ं डिजाइनका प्रिमियम टाइलहरू, जल–दाग प्रतिरोधी ग्लेज्ड भिट्रीफाइड टाइलदेखि सिरामिक वाल टाइलसम्मका विकल्प उपलब्ध छन्।
कजारिया रामेश टायल्सले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ।
देशभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरूम र १००ं डिलर नेटवर्कमार्फत कजारियाले टायल उद्योगमा आफ्नो अग्रस्थान विस्तार गरिरहेको छ।
सिन्धुलीको नयाँ सोरूमले स्थानीय उपभोक्तालाई विश्वस्तरीय टाइलहरू सहज र नजिकबाट पाउने सुविधा उपलब्ध गराउने कम्पनीको भनाइ छ।