बिराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ रूपमा सम्पन्न गरेको छ।
समारोहमा यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत र शैक्षिक उपलब्धिलाई सम्मान गरिएको कलेजले जनाएको छ।
यस वर्ष ६४ विद्यार्थीले स्नातक उपाधि प्राप्त गरे। तीमध्ये ५४ जनाले इन्टरनेशनल विजनेश म्यानेजमेन्ट र १० जनाले इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टमा उपाधि हासिल गरे।
कलेजका अनुसार यी विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न सक्षम बनेका छन्।
समारोहमा इनोभेट नेपाल ग्रुप (आइएनजी) का संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातकहरूलाई बधाई दिँदै नेतृत्व क्षमता, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न प्रेरणा दिए।
युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए। उनले कलेज–विश्वविद्यालय साझेदारीका कारण विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको उल्लेख गरे।
कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई बधाई दिँदै उनीहरूले व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा अन्तर्राष्ट्रिय अवसरहरूमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।