तमु धीं युकेले नेपालका बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरूङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको महासचिव डा. विशाल गुरुङले जानकारी दिए।
बेलायतमा आयोजित १७ औं नेपाली मेला, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, आमा समूह, विभिन्न इकाइ तथा व्यक्तिगत सहयोगबाट उक्त रकम संकलन गरिएको हो।
तमु धीं युकेले करिब २५ लाख रूपैयाँ बराबरको राहत सामग्री समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरेको जनाएको छ।
रकम हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले विपदका बेला बेलायतवासी नेपालीले गरेको सहयोगप्रति आभार व्यक्त गरे।