एड्भर्टोरियल
नयाँ वर्षसँगै समय आएको छ स्मार्ट अपग्रेडको।
यो अपग्रेडका लागि दराज ४.४ नव वर्ष उत्सव अप्रिल ३ को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुनेछ।
दराजले ४.४ नव वर्ष उत्सव अवधिभर, उत्कृष्ट इलेक्ट्रोनिक्स उत्पादनहरू आकर्षक मूल्यमा खरिद गर्ने अवसर प्रदान गरिरहेको छ। चाहे आफ्नो उत्पादकता बढाउन होस् वा मनोरञ्जनको स्तर उकास्न होस् वा घरलाई स्मार्ट बनाउन, यी अफरहरूले प्रत्यक्ष रूपमा सघाउने छन्।
यहाँ छुटाउनै नहुने ८ टेक उत्पादनहरू प्रस्तुत गरिएका छन्ः
१. एचपी नोटबुक १५ राइजेन ३ ७३२०यू

तपाईंको दैनिक प्रयोगको शक्तिशाली ल्यापटप अब अझ उत्कृष्ट रूपमा प्रस्तुत भएको छ। राइजेनको ३ प्रोसेसर, तीव्र डिडिआर ५ र्याम र ५१२ जिबी एसएसडी सहित यो ल्यापटपले काम, अध्ययन र स्ट्रिमिङ लगायत कार्यहरू सहज रूपमा गर्ने क्षमता राख्छ।
स्टाइलिस डिजाइन र एफएचडी डिस्प्लेले यसलाई स्टाइलिसका साथै अझ आकर्षक र फङ्सनल समेत बनाएको छ। जहाँसुकै लैजान सजिलो र सबै काम गर्न सक्षम एचपी नोटबुक १५ राइजेन ३ ७३२० यू, दराज ४.४ का अवसरमा ८० हजार रूपैयाँबाट घटेर अहिले ६९ हजार ९९९ रूपैयाँमा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुस्।
२. सामसुङ ९ केजी वासिङ मेसिन

लुगा धुने काम अब झन्झटमुक्त! ईको बबल र हाइजिन स्टिम प्रविधिसहित गहिरो सफाइ प्रदान गर्दै कपडालाई सुरक्षित राख्न यो वासिङ मेसिनले सघाउँछ। इरर डिटेक्सन र क्विक वाश जस्ता स्मार्ट फिचरहरूले समयको बचत गर्न सघाउनुका साथै घरका लागि दीर्घकालीन अपग्रेड प्रदान गर्छ। बजार मूल्य १ लाख २ हजार ९०० रूपैयाँ निर्धारण गरिएको सामसङ ९ केजी वासिङ मेसिन ४.४ अवधिभर भने मात्र ७९ हजार ९९८ रूपैयाँमा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
३. यसुदा वाईएस–एफएफ १६ फ्यान

यसुदा वाईएस–एफएफ १६ फ्यानका साथमा गर्मीबाट सजिलै राहत पाउन सकिन्छ। यो हाई–स्पीड फ्यानले शक्तिशाली हावा प्रवाह र स्मूथ ओस्सिलेसन प्रदान गर्छ। बलियो निर्माण र स्टाइलिस डिजाइनले यसलाई गर्मीका लागि उत्कृष्ट छनोट बनाएको छ।
बजार मूल्य ४ हजार ५६७ रूपैयाँ रहेको यो फ्यान अहिले दराज ४.४ का अवसरमा मात्र ३ हजार ७६६ रूपैयाँमा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
४. भरटेक्स २४ इन्च फ्रेमलेस गेमिङ मोनिटर

स्मूथ र स्पष्ट दृश्यसँग गेम खेल्नुहोस्। १०० एचजेड रिफ्रेस रेट र १ एमएसको रेस्पोन्स टाइम रहेको यो मोनिटरले प्रयोगकर्तालाई उत्कृष्ट दुश्य तथा कार्यसम्पादनको अनुभव प्रदान गर्छ। यसमा उपलब्ध गरिएको फ्रेमलेस डिजाइनले तपाईंको सेटअपलाई थप प्रिमियम लुक प्रदान गर्छ।
गेमिङ वा भिडियो हेर्न दुवै कामका लागि उपयोगी र उत्कृष्ट यो मोनिटरको बजार मूल्य १९ हजार रूपैयाँ निर्धारण गरिएको छ। तर दराज ४.४ को विशेष अवसरमा अहिले मात्र १३ हजार ९९९ रूपैयाँ उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
५. साउन्ड कोर आर ६० आई एनसी इयरबड्स

बाहिरी आवाजलाई बन्द गरी आफ्नो मनपर्ने धुनमा डुब्नुहोस्। यसमा रहेको एडेप्टिव नोइज क्यान्सिलेसन र हाई–रेज साउन्डले हरेक बिट्समा उत्कृष्ट अनुभव श्रव्य अनुवभको सुनिश्चितता प्रदान गर्छ।
लामो ब्याट्री लाइफ र एआई इन्ह्यान्स्ड माइकले विशेष गरी कुराकानी गर्नुपर्दा स्पष्ट कलको सुनिश्चितता प्रदान गर्छ।
तत्सम एआई ट्रान्सलेसन सुविधा सहित संगीत, काम वा यात्रा हरप्रयोजनका लागि उपयुक्त यसको बजार मूल्य ६ हजार ९९९ रूपैयाँ हो। तर दराज ४.४ का अवसरमा अहिले मात्र ६ हजार २९९ रूपैयाँमा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
६. एमडब्ल्यूसी एइथरवान वाट्च प्रो

यो केवल स्मार्टवाच होइन, तपाईंको व्यक्तिगत कमान्ड सेन्टर पनि हो। जिपिएस र एआई फिचरका साथै एमोलेड डिस्प्लेसहित स्टाइल र कार्यक्षमताको संयोजनका रूपमा प्रस्तुत गरिएको यो वाट्च वर्कआउट ट्रयाक, कल रिसिभ र म्युजिक स्टोर गर्न समेत प्रयोग गर्न सकिन्छ।
मूल्य १९ हजार ९९९ रूपैयाँनिर्धारण गरिएको यो वाट्च दराज ४.४ का अवसरमा अहिले मात्र ८ हजार ९९९ रूपैयाँमा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
७. ग्रिन पल्स एएनसी इयरबड्स

सानो आकार, ठूलो साउन्ड। गहिरो बेस, शक्तिशाली एएनसी र न्यून लेटेन्सीका साथ उत्कृष्ट अनुभव ग्रिन पल्स एएनसी ईयरबड्सको परिचय हो। ४० घण्टासम्म प्ले टाइम र हलुका हुनुका साथै वाटर–रेसिस्टेन्ट डिजाइन सहितको यो इयरबड्सको मूल्य ३ हजार २९९ रूपैयाँ हो।
तर दराज ४.४ का अवसरमा अहिले मात्र रु. १,५४९ मै उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
८. इजभिज इन्डोर कलर नाइट भिजन सिसिटिभी क्यामरा

तपाईं जहाँसुकै भए पनि, जुनसुकै समयमा आफ्नो घर सुरक्षित राख्न प्रत्यक्ष निगरानी राख्नुहोस्।
थ्रीके रेजोलुसन, स्मार्ट ट्र्याकिङ र कलर नाइट भिजनले घरको सुरक्षा स्तरलाई नै नयाँ उचाइ प्रदान गर्छ। आफ्नो मोबाइलबाटै सजिलै निगरानी गर्न स्मार्ट, विश्वासिलो र नियन्त्रण गर्न सकिने यसको बजार मूल्य ५ हजार ६५६ रूपैयाँ हो। तर दराज ४.४ को अवधिभर मात्र ४ हजार ९९० रूपैयाँमा उपलब्ध छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।
दराज नेपालको ४.४ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्नुहुन दराज नेपालले विशेष अनुरोध गरेको छ।
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणीमध्येको इ–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ।
दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।
थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज www.linkedin.com/company/daraz/लगअन गर्नुहोस्।