एड्भर्टोरियल
कोटेश्वर बालकुमारी, झलुंगेपुल नजिकको रमणीय वातावरण ट्रिटन एस एस एन्ड कलेजको पहिलो चिनारी हो।
शिक्षा सबैका लागि हो र यो सबैको पहुँचमा हुनुपर्छ भन्रे आदर्श यस शैक्षिक संस्थाको विशेषता हो।
२७ वर्ष लामो सफल शैक्षिक यात्रा पार गरेको यस गरिमामय संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम व्यक्तित्वहरूको दरो पृष्ठाधार तयार गरिसकेको छ र सो उपलब्धिलाई नित्यनिरन्तर कायम राख्न यो संस्था सधैं प्रतिबद्ध छ।
विज्ञान, व्यवस्थापन र कानुन संकायका विविध विषयहरू पठनपाठन हुने यस शैक्षिक संस्थाको आधुनिक सिकाइ सिद्धान्त अनुकूलको गुणस्तरीय शैक्षिक वातावरणले अभूतपूर्व रूपमा अभिभावक तथा विद्यार्थीहरूको मन जितेको छ।
अत्याधुनिक भौतिक पूर्वाधारयुक्त यस ट्रिटन एस एस एन्ड कलेजको आचारसंहिता अनुरूप कडा अनुशासन एवं निश्चित फ्रेमवर्कभित्र रहेर सञ्चालन हुने विज्ञान, व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत कक्षा ११ र १२ का दैनिक कक्षाहरू, गुणस्तर अभिवृद्धिका निम्ति सुधारात्मक कक्षाहरू, Slow learner हरूका निम्ति विशेष कक्षाहरू, आन्तरिक तथा विविध प्रकृतिका परीक्षाहरू, समयतालिका अनुसार अनिवार्य गृहकार्य, NEB को फर्म्याट बमोजिम गराइने निरन्तर प्रश्नोत्तर अभ्यास, स्पेसल एआई तालिम, इन्टर स्कुल लिगल ड्राफ्टिङ कम्पिटिसन, रेगुलर मुटकोर्ट, होटल म्यानेजमेन्टका विविध प्रायोगिक उच्चस्तरीय अभ्यासहरू, विषयगत फिल्ड भिजिट, मेडिकल तथा इन्जिनियरिङका तयारी कक्षाहरूको सञ्चालन, विविध सहशैक्षिक क्रियाकलाप अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानात्मक लेखहरूको प्रकाशन, विविध अवसरहरूमा विधा वा विषयगत प्रतियोगिताहरूको आयोजना र संस्थाकै निजी फुटसल, क्रिक्सल, बास्केटबल कोर्ट आदिमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागिताका कारण छात्रछात्राहरूको सर्वांगीण विकास/Holistic Development तर्फ अपेक्षाअनुरूप टेवा पुगिरहेको छ।


यस विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरू नै यस संस्थाका सदभावना राजदूत हुन्। यस संस्थाप्रति विद्यार्थीहरूको सकारात्मक दृष्टि नै हाम्रो नैतिक बल हो। तदनुरूप 'दाइले, दिदीले वा फलानाले ट्रिटन राम्रो छ भनेको हुनाले म यहीँ पढ्न चाहन्छु' भन्रे छात्रछात्राहरूको संख्या दिनानुदिन बढिरहेको छ।
शैक्षिक संस्कार तथा सकारात्मक परिणामहरूका कारण स्थानीय अभिभावकज्यूहरू तथा विद्यार्थीहरूको पहिलो रोजाइमा समेत यस संस्थाको नाम आउनु सम्बन्धित सबैका लागि गर्वको विषय हो।

शिक्षा सबैका लागि हुनुपर्छ भन्रे हाम्रो आदर्श मान्यता अनुसार शैक्षिक सत्र २०८३/०८४ का निम्ति एसइईको जिपिए अनुसार विशेष छुट, प्रवेश परीक्षामा 'Super 30' मा नतिजा हासिल गर्न सफल परीक्षार्थीका लागि लगभग ९० प्रतिशत छुटका साथै आन्तरिक परीक्षामा अपेक्षित नतिजा हासिल गर्नेहरूका निम्ति मेरिटअनुकूल मासिक शुल्कमा ४०, ३० र २० प्रतिशत छुटको व्यवस्था गरिएको यस शैक्षिक संस्थामा प्रवेश परीक्षापछि धमाधम भर्ना लिइँदैछ।
सिट सीमित भएकाले आफ्नो स्थान सुरक्षित गर्नु हुन सबैलाई विशेष अनुरोध गर्छौं।