नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट विजय लामा र सोनी राणालाई तत्काल काममा नलगाउन (रोस्टर अफ) निर्देशन दिएको छ।
प्राधिकरणले अर्को सूचना नहुन्जेलसम्म दुई पाइलटलाई काममा नलगाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको हो।
पाइलट लामा र राणाले उडानको क्रममा फोटो तथा भिडियो खिचेपछि प्राधिकरणले कारबाही गरेको हो।