Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

‘मरेको मन’

Nmb
Nmb
डा. अजय रिसाल

डा. अजय रिसाल

gibl
gibl
gibl
gibl
तस्बिरः सेतोपाटी
तस्बिरः सेतोपाटी
Tata box 1
Tata box 1

‘अब त म सक्दिन यार! मेरो मन त मरी नै सक्यो । यस्तो मरेको मन लिएर पनि के बाँचिरहनु ? म त अब जसरी नि जान्छु यो संसारदेखि पर, अनि जीवनैबाट टाढा ... अलबिदा ! बाइबाइ !’

एकाबिहानै मोबाइल चलाउँदा उसको यो मेसेज पढ्दा आङै सिरिङ भयो मेरो ।

‘ओहो ! राति १२:३० बजे पो पठाएको रहेछ. ! हरे !९ वटा मिस्ड कल्स उसैको नम्बरबाट राति १२–१२:३० बजेको बीचमा ... म त भुसुक्कै पो निदाएको रहेछु ।’

घडी हेरें, बिहानको ६:३० बजिसकेको छ । ‘ओहो ! कतै उसले कुनै अप्रिय घटना नै पो घटाएन हिजो राति ?’

अचानक अज्ञात भयले मन सशंकित भयो मेरो ।

‘कतै ऊ.....! ओहो ! त्यसो भयो भने त म नै दोषी हुँ । उसको फोन उठाइदिएको भए ऊ बाँच्ने नै पो थियो कि ? म पापी हुँ । एउटा साथीले पठाएको अन्तिम सन्देश, अन्तिम कल नउठाउने ! कस्तो स्वार्थी म ?त्यति नै बेला निदाउनु पर्ने, हे भगवान्!’ मनमा भुटभुटी हुन थाल्यो मेरो ।

‘हरे ! पहिला घटनाको सत्यतथ्य नै बुझ्नतिर नलागी कस्तो मन डुलाइरहेको होला मैले ?

किन एकतमास रूपमा मनमनै तर्सिरहेको म? हत्तेरी !’

उसको नम्बरमा डायल गर्न थालें ओछ्यानबाट।

Ncell
Ncell

स्वीच्ड अफ छ उसको मोबाइल त ! झनै मन तर्सिन थाल्यो ।

’के गर्ने होला अब? ऊ बसेको घरको नम्बर पनि थाहा छैन।अरु कोही साथीलाई गर्दा थाहा होला कि त ? एकाबिहानै ! फेरि थाहा नपाएकाहरूलाई झनै थाहा दिए जस्तो हुन्छ। होस् भैगो।’

‘अब के गर्ने त ?’

मन नै स्थिर हुन सकेन अनि आँखा अगाडि चित्रपट झै आए झलझली पुराना सम्झनाका अनेकौं पाटाहरू ....

ऊ र म सानैदेखि अति मिल्ने साथी। रुकुमको बस्नेत गाउँमा पुर्ख्यौली घर हाम्रो । घर पनि नजिक नजिकै थियो हाम्रो अनि एउटै स्कुलमा पढ्थ्यौं हामी, एउटै कक्षा।

गाउँको सरकारी स्कुल, एकैपटक कक्षा १ मा भर्ना भएका थियौं। दुवै।

करिब १५ मिनेट दूरीको स्कुल, घना जंगलको बाटो, दुवै सँगसँगै घरबाट जाने आउने गर्थ्यौं।

कहिलेकाहीँ हाम्रो घरमा भात पाकेको हुँदैनथ्यो, उसको घरमा खाएर स्कूल जान्थ्यौं। कहिले भने ऊ मेरो घरमा खाएर जान्थ्यो। यसरी नै रमाइलोसँग स्कुले दिन चल्दै थिए हाम्रा।

गृहकार्य अनि अलि अलि पढाइ पनि सँगसँगै नै गर्थ्यौं हामी । परीक्षामा ऊ र म अदलीबदली झै नै पहिलो–दोस्रो या दोस्रो–पहिलो हुने गर्थ्यौं। कक्षा ६ सम्म दुवैले पास ग¥यौं । ऊ दोस्रो भयो भने म पहिलो।

हामी सात कक्षामा पढ्ने ताका गाउँमा क्रान्तिको आगो सल्किसकेको थियो।

गाउँकै घरहरू बीच नै पानी–बाराबारको स्थिति आएको थियो, सेना पक्ष र विद्रोही पक्ष भनेर।

दुईथरी सेना, पालौपालो गाउँमा रहने गर्दथे । गाउँ डुल्दा घरघर छिरेर बिरोधीहरूलाई तर्साउने अनि आफू पक्ष (?)का लाई उक्साउने गर्दथे। मारमा थियो हाम्रो घर,जो दुवै पक्ष या कसैको पट्टी पनि खुलेर लाग्न सकेको थिएन।

उसको घर भने खुलेर नै विद्रोही पक्ष भनेर चिनिएको थियो । उसका काका उनीहरूकै सेनामा मिसिन जंगलतिर लागेको २ वर्ष नै भइसकेको थियो। उसका बाबा थिएनन्। आमा दु:ख गरी आफ्नो र परिवारको पेट पाल्दै थिइन्। दिदी गोर्खा भर्तिवाला आफ्ना श्रीमानसँग भारततिरै बस्थिन्।

काका विद्रोही पक्षतिर लागेकाले सरकारी सेनाले कहिलेकाहीँ उसको घरमा खानतलासी गर्ने गर्दथ्यो।

हाम्रा बाबा सरकारी अफिसका शाखा अधिकृत भएकाले होला सरकारी पक्षको भनेर मान्दथे विद्रोहीहरू। हाम्रा बाबासँग ‘चन्दा’ माग्न समेत आउँथे कहिलेकाहीँ तिनका सेनामेना ।

म र बहिनी केही पनि बुझ्दैनथ्यौं यी कुरा त्यत्तिबेला। तर ऊ भने धेरै नै बुझेको झै गर्थ्यो।

‘आतंक’, ‘सेना’, ‘अधिकार’,‘सामन्ती’ जस्ता शब्दहरू बेला बेलामा ल्याइरहन्थ्यो बोली नै पिच्छे ।

‘कसरी थाहा पाइस् तैले?’ भनेर सोध्दा ‘काकाले सिकाएको’ भन्थ्यो। कहिलेकाहीँ त ‘तेरो बाउ सामन्ती’ भनेर प्याच्चै नै भन्थ्यो मलाई । म भने नबुझेरै नै होला, सुन्या नसुन्यै नै गरिदिन्थें ।

सरकारी पक्ष अनि विरोधी पक्ष दुवैको धरपकड एकाएक बढेको थियो गाउँमा।

कहिले कुनै बस्ती, कहिले कुनै पुल, कुनै चौकी या कुनै स्कुल, कुनै गाडी जलेको, बिग्रेको, भत्केको समाचार सुन्नु दैनिकी नै भएको थियो हाम्रो।

मान्छे मरेको खबर नआएको दिन नै हुँदैन थियो । यस्तो त्रासमय वातावरणमा कति बस्ने भनेर होला हाम्रा बाबाले एकदिन कठोर निर्णय लिनुभयो।

५१ वर्ष मात्र पुगेका बाबाले सरकारी जागिरबाट राजीनामा दिनुभयो।

घर खेत सबै बेचेर हामी बुटवल आयौं।

बुटवलमा एउटा कोठामा डेरा लिएर बस्न थाल्यौं। बाबा आमाले एउटा सटर भाडामा लिएर किराना पसल चलाउन थाल्नुभयो ।यी सब दुःखका बाबजुद बाबाले हामी दाजुबहिनीलाई पढाउन भने कहिल्यै छाड्नु भएन।

बुटवलको एउटा बोर्डिङ स्कूलमा म सात कक्षामा भर्ना भएँ भने बहिनी ३ कक्षामा।

रुकुमको सरकारी स्कुलको पढाइले बुटवलको बोर्डिङ स्कुलमा के धान्न सकिन्थ्यो र? पहिलो या दोस्रो भइरहने म सात कक्षामा पासमात्र भएँ तर पनि हिम्मत भने हारिनँ।

बाबाआमाको दुःख पीडालाई सम्झेर मिहिनेत गरिरहें अनि राम्रै डिभिजनमा एसएलसी पार गरें। दुःखका साथ आइकम अनि बिकम पास गरे। अहिले एमबिएस पढ्दैछु, अनि एउटा बैंकमा काम पनि गर्दैछु।

पोहोर साल मेरो बिहे भयो, बहिनी पनि नर्सिङ पढेर बिहेवारी गरेर गइसकी। बाबा दुई महिना अघि बित्नुभयो,आमाले र मेरी श्रीमतीले हाम्रो पुख्र्यौली पसल धानिरहेका छन् अनि बुटवलमा सानो चारकोठे घर पनि छ हाम्रो अहिले।

ऊ भने हामी बुटवलमा सरेदेखि नै चार पाँच वर्ष हराएको थियो। एक्कासी पाँच वर्ष अघि म कलेजबाट फर्कंदै गर्दा बाटोमा अचानक भेटिएको थियो। भेट्दा साह्रै नै खुसी देखिएको थियो।

‘आफ्नो पार्टी सरकारमा आएकोले अब आफ्नो अनि सारा देशवासीको दुःखका दिन गए’ भन्दै जोडले चिच्याएको थियो ऊ बाटोमा नै।

हुन पनि हो, शान्ति प्रक्रिया अगाडि बढेर देशको लामो क्रान्तिको अन्त्य भएर संविधान सभाको चुनाव पनि भइसकेको अवस्थामा खुसी नहुने नेपाली जनता को नै पो थिए होलान् र त्यस समय? ऊ त झन् आफूलाई “विद्रोही” नै करार गरेको व्यक्ति .....

त्यसपछि भने ऊ सँग भेट बाक्लै हुन थाले। ऊ हाम्रै घर अगाडिको गल्लीभित्रको एउटा घरमा कोठा लिएर बसेको थियो। पुराना दिन कोट्याउँदा भावुक हुन्थ्यो।

मैले रुकुम छाडेपछिको समय सविस्तार बताएको थियो उसले।

‘सात कक्षामा त्यही स्कुलमा पढ्दै थिएँ। एक दिन एक डफ्फा विद्रोही फौज आएर स्कुलका शिक्षकहरूलाई बन्दी बनाएर चन्दा माग्न थाले। धेरै शिक्षकहरूले आफूसँग भएको पैसा दिए तर नदिनेले अलि अलि दण्ड पाए। त्यही डफ्फाको नेतृत्व गरेर काका आएका थिए। उनैले मलाई जंगलमा लगे। त्यसदिनदेखि त्यो स्कुल नै बन्द भयो।

जंगलमा पुगेपछि विद्रोही फौजको तालिम लिएँ र बिस्तारै बिस्तारै विद्रोही लडाकु हुन पुगें। एउटा लडाइँमा काकाको मृत्यु भयो। म भने ज्यान बचाएर बाँच्न सफल भए। करिब ६ महिना भारततिर लुकेर बसें।

त्यही दौरान आमाको पनि मृत्यु भयो।’

यति भनि रहँदा उसका आँखा रसाएको मैले अनुभव गरें र उसलाई ढाडस दिने कोशिस गरें ।

शान्तिप्रक्रिया सफल भइ पार्टीले युद्ध बिसाएपछि भने ऊ नेपाल फर्केछ। आफू विद्रोही लडाकुको ठूलै पदमा रहेकोले सभासद् नै भइन्छ कि भन्ने उसको आशा रहेछ । तर “अध्ययन नपुगेको” भनेर उसलाई बनाएनछन्।

लडाकु समायोजनमा पर्ने उसको आशामा पनि तुषरापात नै भएछ । उसले युद्धकै क्रममा मन पराएकी ‘शिवा’ भन्ने लडाकु समायोजमा पर्न सफल भईन् । त्यो बेलामा ऊ एकदम खुसी भएको थियो रे। त्यसो भन्दा उसको अनुहार उज्यालिएको अनुभव गरे मैले।

उसले शिवासँग विवाह नै गर्ने योजना बनाएको रहेछ। तर शिवाले भने त्यही शिविरको सुरक्षा गर्ने एउटा सेना प्रमुखसँग विवाह गरिछिन्। उसले भने अनुसार त्यो घटना उसको जीवनले दिएको तेस्रो ठूलो धोका थियो। उसले त्यसो भन्दा मैले “पहिलो र दोस्रो धोकाहरु चाहिं कुन कुन हुन्?’भनेर सोधेको थिएँ।

पहिलो धोका ‘आफू भारतमा लुकेर बसेको बेला आमाको मृत्यु हुनु अनि आफूले आमाको मुखै देख्न नपाउनु’। दोस्रो भने ‘आफ्नै पार्टीले आफूलाई अयोग्य लडाकुको बिल्ला भिराइदिनु।’

यी सब कुरा गर्दा ऊ एकदमै रोएको थियो मसँग ।

तर पनि संविधान सभाको चुनावको प्रचारमा खुब खट्यो ऊ र आफ्नो पार्टीले जित्दा खुसीयाली मनायो।

आफ्नो पार्टी सरकारमा भएकोमा जति नै खुसी भएता पनि उसलाई पार्टी र सरकारले वास्ता गरे जस्तो भने मलाई कहिल्यै पनि लागेन। सायद उचित शिक्षा हासिल नगरेकोले!

‘आफूसँगै या आफूभन्दा पछि पार्टीमा लागेकाहरूले पनि सरकारी ओहोदा, सल्लाहकार, योजनाविद्, जिएम., अध्यक्ष जस्ता पद पाएका तर आफू भने केही नभएको’ भनेर ऊ चिन्तित हुन्थ्यो, तर मैले गर्न सक्ने के नै थियो र! ऊ यस्तै कुरा लिएर पिरोलिइरहन्थ्यो।

अति नै भयो भनेर मैले उसलाई एउटा पत्रिकाको बजार ब्यवस्थापनको काम लगाई दिएँ तर मद्यपानको स्वभाव भएको उसले त्यसलाई निरन्तरता दिन भने सकेन ।

एक दिन आएर उसले मलाई अफू कतार जान लागेको अनि केही पैसा चाहिएको कुरा बतायो। मैले दुई चार दिनमा खोजिदिउँला भनेर आश्वासन पनि दिएँ ।

घरमा आमा र श्रीमतीसँग सल्लाह गरेर दुई लाख जति उसलाई दिने बिचार पनि गरेको थिएँ तर त्यही रात ‘बैंकको पैसा लुट्ने समूह’मा उसको नाम आउँदा आमा र श्रीमती दुवै छक्क परे अनि उसलाई पैसा दिन नदिनू भनेर परिवारबाट दबाब आयो।

म के गरौं, के गरौं भनी किंकर्तव्यविमूढ अवस्थामा रहन पुगेको थिएँ। ओछ्यानमा पल्टिएरै रहेको थिएँ , भुसुक्कै निदाएछु । त्यही रात हो मैले उसको म्यासेज र कल दुवै मिस गरेको !

मनले अझै पत्याउनै सक्दैन, ‘ऊ साँच्चै नै लुटेरा नै हो त ?’

’के ऊ असफल जीवन बाँचेको एउटा दुःखी आत्मा नैं थियो त ?’

म सोच मग्न भएँ।

त्यति नै बेला आमाले हस्याङफस्याङ गर्दै आएर मलाई सुनाउनु भयो ‘बाबु, उसको त आफ्नै कोठाभित्रै लाश भेटियो रे। उसले त विष खाएर आत्महत्या पो गरेछ ........’

मेरो मनमा त थियो, ‘हो आमा। म नै हुँ उसको हत्यारा। हिजो उसको कल उठाइदिएको भए उसलाई म कुनै पनि हालतमा मर्न दिने थिइनँ। उसको मन त मरिसकेकै थियो तर पनि उसको ज्यान बचाउने थिएँ मैले’ तर मैले भन्न सकिनँ यी कुरा मेरी आमालाई ।

शायद मैले पनि निश्चयनै गरिसकेको थिएँ त्यो ‘मरेको मनको कथा’ अन्त्य नै गरिदिने। त्यसैले मेरो अवचेतनले उसको कल रिसिभ गर्न दिएन, उसको मेसेजलाई पढ्न दिएन.......

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २१:१९
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP