Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

१०-१२ वटा सिक्का

Nmb
Nmb
द्वैपायन रेग्मी

द्वैपायन रेग्मी

gibl
gibl
gibl
gibl
द्वैपायन रेग्मी।
द्वैपायन रेग्मी।
Tata box 1
Tata box 1

'ग्राहक पनि अनेक थरिका हुने। हिजो लैजाँदासम्म केही थिएन। आफै बिगारे अनि ७० रुपैयाँको लागि दुई गुणा बेसी झगडा गरेर गए। बिहान-बिहान निहुँ खोजेर दिनै बर्बाद पार्ने भयो यसले त' शर्मिला एक्लै भुतभुताउँदै थिइन्।

हिजो एउटा खेलौना किनेर लगेका ग्राहकले आज आएर बिग्रियो र पैसा फिर्ता गर भनेर सबैको अगाडि लज्जासपद पारिदिएपछि शर्मिलालाई बिहानै पसिना आइसकेको थियो। शर्मिलाको नियतमा खोट थिएन, आखिर उक्त ग्राहकले त्यो खेलौना हिजै परीक्षण गरेरै गएका थिए।

ग्राहक वास्तवमै भगवान हुन्, तर त्यस्तो व्यवहार देखाउँदा शर्मिलालाई राक्षस सरह लाग्छ। उनलाई यो पेसा मन परेको पनि छैन। मनमनै अलि पर बसेको भिखारीसँग आफूलाई दाज्छिन् पनि।

फरक उनीहरु एउटा कचौरा लिएर बसेका हुन्छन् पैसा माग्न, अनि उनी बच्चाहरुको खेलौना बोकेर। दुवैको आश एकै त हुन्, पैसा माग्नु। दुवै जना भुइँमा लम्पसार परेर बसेका हुन्छन, शनिबार दुवैलाई अलि बढी फाइदा हुन्छ। अनि फेरि आफैलाई ‘हैन हैन, म त कमाईको फल खादै छु नि' भनि मन बुझाउछिन्।

विदेशीएको श्रीमानले उनलाई कहिले सम्झिएन, सम्झिउन पनि किन? घरमा क्षेत्री भएकै कारणले उनलाई मन पराएका थिएनन्। सानैमा प्रेम विवाह गरेकी उनले आफ्नो श्रीमानबाट ठूलो पेट बाहेक केही नि पाइनन्। माइतीको सहयोगबाट ४ वर्ष अगाडि छोरा जन्माए पनि सामाजिक बन्देजले उनलाई आफै आफ्नो घर, चौतारामा बसी खान दिएन।

अनि काठमाण्डौँकै पशुपति क्षेत्रमा नाकको फुली बेचेर यही काम सुरु गरेकी थिइन। उनलाई खान बस्नसम्म पुगीरहेकै थियो, तर छोरालाई केही महिना अगाडि विद्यालयमा भर्ना गरेपछि उनलाई आर्थिक अवस्थाले पेल्दै गएको हो।

बेला बखत श्रीमानको खोजीनीति नगरेकी पनि हैन, तर कहिले सम्पर्क भएन। झन् छेउको छिमेकीले बाहुनीनै भित्र्याएका छन् घरमा भनेपछि उनलाई कहिले सम्पर्क पनि गर्न मन लागेन। स्कुल जाने छोरामै सम्पूर्ण भविष्य देखेकी थिइन उनले। पशुपतिको बाँदरले त आफ्ना छोराछोरीलाई कति स्याहार गर्छन्, उनले किन नगरुन्?

ग्राहकको बानी मात्र उनको समस्या थिएन। कहिले आफ्नो स्वास्थ्य अनि कहिले छोराको औषधीको खर्च उनलाई पिरोल्ने मुख्य समस्या थियो। त्यसमाथि बेला बखत दुनियाँ बन्द र विरोधले उनलाई पिरोल्थ्यो। वातावरण पनि कहाँ सहयोगी हुन्थ्यो र? पानी पर्दा एउटा बिजोग, अनि जाडोमा घाम नलाग्दा काम्दै बस्न पर्ने बाध्यता। उनको लगानीभन्दा बढी फाइदा भएता पनि उनलाई बसी खुवाउने मध्यम नै त्यही भएको हुनाले उनले व्यवसायिक फड्को मार्न सकिनन्।

बिहान उक्त ग्राहकको समस्या समाधान गरेपछि, उनलाई छाक टार्ने पिरलो भैरहेको थियो। कसरी तरकारी किन्ने पैसा जुटाउने सोच्दै थिइन्। छोरालाई हिजोकै बासी भात खुवाएर उनी पशुपति पुग्या थिइन्, आखिर शनिबार भीड हुने दिन थियो। मकै खाएर बिहानको छाक टार्नसम्म पैसा थिएन। उनलाई कोही ग्राहक मात्र आइदिए पनि बरु केही हुन्थ्यो भन्दै सोच्दै थिइन् तर कोही पनि आएका थिएनन्।

Ncell
Ncell

'पछि हाम्रो छोराछोरी भएपछि किन्नु पर्छ है?' एउटा केटाले आफ्नी प्रेमिकालै जिस्काउदै हिड्दै थियो। तर उनको आँखा अलि परको परिवारमा थियो जहाँ एउटा बच्चा पनि देखिन्थ्यो। नजिकै आएर उक्त बालकले सबै सामान हेरे तर किन्न करसम्म पनि गरेन।

'बाबु, यो गाडी राम्रो छ' भनेर शर्मिलाले भन्दा गोजीबाट ठूलै मोबाइल निकालेर फोटो मात्र खिचेर उक्त बालकले पनि आश तुल्याईदिए।

'बरु त्यो माग्ने बाजेले आजको छाकको जुगाड गरिसके, यहाँ मेरो त केही भएको छैन' फेरि माग्नै ठिक हो कि भनेर मूल्यांकन गर्न बाध्य भइन्। आखिर अरु काम नै के पो थियो र? १० बजिसक्दा पनि पानी बाहेक अन्नको दाना केही परेको थिएन पेटमा।

अर्को फेरि एउटा नवविवाहित जोडी आएर खेलौना नियालेर एकअर्कालाई इशारा गरेर मात्रै गए। यस्ता व्यवहारसँग अभ्यस्त भैसकेकी शर्मिलालाई पेटकै चिन्ता थियो।

'दिदी यो गाडीको कति?' भन्दा मात्र उनी झसंग भइन्।

'७० पर्छ बाबु' शर्मिलाले नरम हुँदै उत्तर दिइन्।

'मिलाउनु न'

घरमा छोरा या कोही आफन्तको छोराछोरीलाई लैजाने उनको नियत स्पष्ट थियो।

'६० सम्म हुन्छ बाबु, त्योभन्दा सकिदैन।'

४० उनको आफ्नै पर्ने भएकोले उनले त्योभन्दा नघट्ने निधो गरिसकेकी थिइन्।

'ह्या दिदी। ३० मा दिनु न। २/४ दिन खेल्ने त हो केटाकेटीले।'

'५५ मेरो आफ्नै पर्छ बाबु, त्यसो नभन्नु न।'

त्यती भनेपछि उक्त युवक सरसर्ती हिडे, कराउदै 'ल भाइ ५० मै लानुस, ल ल ४५ मै लानुस' भन्दा पनि वास्ता नगरेपछि वास्ता गरिनन्। कहिलेकाहीँ भोकभन्दा स्वाभिमान पनि त प्यारो हुन्छ नि।

'हुन पनि आज भोलि सब मोबाइलमै खेल खेल्छन, यस्ता गाडी कसले किन्छन्?' आफैँ भुतभुताउँदै थिइन्।

१२ बजेसम्म हराएको छोरा आएर 'ममी मैले कमाएको भनि १२-१४ वटा सिक्का हातमा दिँदा उनलाई भोकभन्दा पनि डर लागेको थियो। छोरा बिग्रिने डर।

'कहाँबाट ल्याइस्?'

'अघि सुजनसँगै गएको थिएँ, अनि उसैसँग बसेर मैले यति पाएको।'

'फेरि माग्न गइस्? तलाई हामी माग्ने हैन भनि भनेको हैन? जतिभन्दा नि लाग्दैन है तलाई?' भनेर दुई थप्पड हानिन्। छोरा रुँदै बस्यो। ग्राहकहरु

'किन रुएको?' भनेर सोध्दै हिड्दा शर्मिला अझ रिस पोखी रहेकी थिइन्। हातमा ती १२/१४ वटा सिक्का गन्नसम्म चाहिनन्।

'ममी हजुर भोकै होइसिन्छ भनेर ल्याको' भन्दै छोरा झनै रुन थाल्दा मात्र शर्मिलाले विस्तारै फकाइन्।

'ल यो पैसा गएर सुजनलाई दे, हामी माग्ने हैनौं छोरा' भनि सम्झाइन्।

'सुजन उता बागमती तिर गएको छ, भरे घर आउँछ अनि दिन्छु' छोराले स्वा स्वा गर्दै भन्यो र त्यहीं रहेको खेलौना मध्येको एक हेलीकप्टर छानेर खेल्न थाल्यो।

शर्मिलालाई बिहानको ग्राहकदेखि झन् रिस उठ्न थाल्यो। त्यसैले बोनी बिगारेको र आज एक सुको आम्दानी भएको छैन। करिब ४/५ हजार जतिको सामान मात्र राख्ने उनी, आज कोठामा भएभरको सबै सामान लिएर आएकी थिइन्। आखिर शनिबार बिक्री भैपो हाल्छ कि भन्ने आशले। करिब ११ हजारको सामान भुइँमा ओसारेर त्यसै राखी रहँदा आधा दिनसम्म केही बिक्रि भएको थिएन।

एकछिन हराएको छोराले कताबाट आधा प्याकेट बिस्कुट बोकेर आएछ। 'ममी मागेको हैन, ऊ त्यो अंकलले आफै दिएको' भनेर एउटा भर्खरको युवालाई देखाउदै भन्यो। उक्त युवकले पनि हात हल्लाउदै बाइ-बाइ भन्दै थिए। छोराले खाएर बाँकी राखेको भाग, शर्मिलाले ४/५ वटा बिस्कुट आफै चपाइन्।

एउटा बालिकाको हातबाट खसेको फलफूलको झोलालाई त्यहीं अगाडिबाट एउटा बाँदरले टिपेर लग्यो। यो दृश्य देखिरहेकी शर्मिलालाई 'एक झोला फलफूलको लागि' के मरिहत्ते गरिरहेको होला जस्तो लागि रहेको थियो, तर उनलाई उक्त झोलामा उनीहरुको फोन छ भन्ने कुरा थाहा पाउन केही समय लाग्यो।

'के भन्ने त्यसलाई? चोरी?' उनी एक्लै बोल्दै थिइन्। कम से कम बाँदरले आफ्नो ज्यान त पालेको छ, म जस्तो भोको त छैन। उनी मनमनै सोच्दै थिइन्।

'त्यो निरजले मेरो ३०० रुपैयाँ पनि दिएन। अहिले चाहिएको बेला कहाँ खोज्न जाने त्यसलाई फेरि? २० रुपैयाँ भएको भए नि आज बेलुकीको छाक टर्थ्यो।' दुई बज्न साथ उनलाई बेलुकीको छाकको पिरले सताउथ्यो। उनीसँग दाउरा, थोरै चामल थियो। तरकारी किन्ने पैसा मात्र भएको भए नि बेलुकीको खाना र बिहान छोरालाई टिफिनको जोगो गर्न सक्थिन्।

साँझ पनि ग्राहकको आशा हुन्छ। आरती हेर्न आउने भक्तजनहरुको ओइरो लाग्छ, अनि बिहान नमिल्नेहरु पनि आउछन् साँझको समयमा। उनको आश मरेको थिएन। महिना त झन् उनले ४०० रुपैयाँ छोराको स्कुल फिकै लागि जम्मा गर्नु पर्ने थियो।

सबै भागा भाग गरेको देख्दा उनलाई छोरा कता गएछ भन्ने तर्फ ध्यान गयो। शर्मिला 'आकाश, आकाश' भन्दै कुद्दै थिइन्। उनले भुइँचालो गएको हो कि के भएको मेसो पाएकी थिइनन्। तर आमाको मन न हो, छोराकै चिन्ताले सतायो। उनी फर्केर छोरालाई ल्याउँदासम्म ढिलै भैसकेको थियो।

माटो रंगको लुगा लगाएका महानगरपालिकाको कर्मचारीहरुले सबै फुटपाथमा बस्नेहरुलाई खेदाउदै रहेछन्। शर्मिलाको ठाउँ पनि उनीहरुले घेरेर सबै सामान उठाएर महानगरको गाडीमा हाल्दै थिए। 'त्यसो नगर्नु न, मेरो भोलिबाट बसीखाने बाटो छैन' उनले अनेकौ बिन्ति गरिन्, अथवा भनौं उनले भिख सरह मागिन्।

के मान्थे ती महानरपालिकाका कर्मचारीले? कच्याक-कुचुक नै पारेर सबै सामान गाडीमा हाले। ‘फुटपाथमा बसेर भीड बनाउछेस्?' भनेर उल्टो गाली गर्दै थिए। जति रुँदा पनि, जति गुहार्दा पनि उनले सहयोग पाइनन्। छोरा उता रोको रोइ थियो, त्यत्तीकैमा गाडी हिड्यो। ‘बिनासित्ती बाटो जाम पार्ने, भीडभाड पार्ने यिनीहरुलाई त पहिलै हटाउनु पर्ने थियो सरकारले' एक थरिको आवाज सुनिदै थियो।

‘के गर्नु? जत्ति भने पनि मान्दैनन्। अटेर गर्ने यिनीहरुलाई त यस्तै गर्नु पर्छ, झन् युनेस्को वर्ल्ड हेरिटेज साइटमा त यस्तो गर्ने पर्छ, नभए त निकालिदिन्छ युनेस्कोले फेरि' आवाज पिछाडि सुनिदै थियो, शर्मिला लम्पसार भएर त्यही बसीरहेकी थिइन्, छोरा पनि छेउमै थियो।

कम्मरमा राखेको त्यही १०-१२ वटा सिक्काले उनलाई घोच्यो र निकालेर गन्न थालिन्, २२ रुपैयाँ रहेछ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १२:०५
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP