Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत २, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बेपत्ता नर्स

Nmb
Nmb

राजदिप न्यौपाने

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘बाबा! बाबा!! तपाईलाई के भयो?,’ अंकित आत्तिँदै आइपुग्छ। उसले समात्न नभ्याउँदै बाबा आगँनमा पछारिन्छन्। अंकित भुँइमा थचक्क बसेर बाबालाई काखमा अड्याउँदै रुन थाल्छ।

वरिपरिबाट छिमेकीहरू एकएक गरी जम्मा हुन थाल्छन्। रमेश काका अनुहारमा हल्का पानी छम्किँदै बोलाउँछन्, ‘दाइ यता हेर्नुस् त, म रमेश, तपाईंको भाइ।’

अंकितकी बहिनी बाबालाई बेहोस देख्दा झन् जोडसँग रुन थाल्छे। कोही बहिनीलाई सम्झाउन थाल्छन्। प्रमोद दाइले फोनबाटै ट्याक्सी बोलाउँछन्। ट्याक्सी एकछिनमै घर अगाडि, गेटमा आइपुग्छ। सबै मिलेर बाबालाई ट्याक्सीमा राख्छन्। ट्याक्सी केहीबेरमा वीर हस्पिटलको इमरजेन्सी अगाडि गएर रोकिन्छ। अंकित छिटो ठिक गर्दिनु न बाबालाई भन्दै रोइरहेको छ। नर्सहरूले बाबालाई उपचार कक्षतिर लैजान्छन्। पहिला पनि बिरामी हुँदा यहीँ नै चेकजाँच गराउँथ्यो उसले बाबाको। के रोग लागेको भनेर चाहिँ डाक्टरहरूले अझै छुट्टाइसकेका थिएनन्।

करिब दुई घण्टाको उपचारपछि तेस्रो तल्लाको साधारण वार्डमा ल्याइन्छ बाबालाई। वार्डमा पुराना थोत्रा सामानहरू यत्रतत्र फालिएको छ। भित्ताहरूमा वर्षौं पहिले पोतिएको रंग फुङ्ग उडेको छ। भुँइदेखि भित्तासम्मको फोहोरले सरकारी व्यवस्थापनको प्रष्ट हालत देखिन्छ। बिरामी र बिरामी भेट्न आउनेहरूको भिडभाड बाक्लै देखिन्छ। अंकित सबै बिरामीहरूको अवस्था हेर्दै आफ्नो चित्त बुझाउँछ। ऊ सोच्दै हुन्छ, शत्रुलाई पनि नलागोस् कुनै रोग! स्वस्थ हुनु बराबरको सुख के होला मान्छेको लागि? जवानीमा अनेकौं दुःखकष्ट गरी जोडेको धन सम्पत्ति भोग गर्न नपाई जीवन गुमाइयो भने? जिन्दगीभर रोगसँग लड्दै बिताउनु पर्‍यो भने? बेड नजिक उभिएर एकचोटि मायाले बाबालाई सुम्सुम्याउँछ। निधारमा हातले ज्वरो नापेझै गर्छ। बाबालाई आराम भयो जस्तो लाग्छ उसलाई। ऊ अलि ढुक्क भएर बेडको आडमा रहेको पुरानो कुर्चीमा सुस्तरी बस्छ।

बाबु कस्तो छ तिमीलाई भन्दै बाबाले औषधी पिलाएको, हिजो जस्तै लाग्यो उसलाई। सानोमा कैयौंपटक हस्पिटल भर्ना भएको थियो ऊ। बाबाले एकपल पनि उसको साथ छोड्दैनथे। आमालाई त चार वर्षको हुँदा नै गुमाएको थियो। बाबाले आमाको बराबर माया दिन केही कमी राखेनन्। कति गहिरो हुन्छ यो प्रेम? कति अनन्त छ माया? कति शक्तिशाली हुन्छ यो बन्धन? दिनरात केही नभनी उसको उपचारमा लाग्दा कति कष्ट भएको थियो होला? तर आफ्नो सन्तानको खातिर त्यो नगन्य थियो। गणितका शुत्रहरूले लेखाजोखा नै गर्न सक्दैन थियो। उसलाई बाबाले अझै सुम्सुम्याई रहेझैं लाग्यो। ऊ बोलिराखेको थियो, बाबा म ठिक छु। बाबा, म ठिक छु।

‘एक्स क्युज मी?’ यो आवाजले ऊ झसङ्ग भयो। बसिराखेको कुर्सीबाट जुरुक्क उठ्यो। अगाडि मुस्कुराउँदै गरेकी नर्स थिइन्। प्रकृति। उनको लगाएको कार्डमा यत्ति मात्र पढन् भ्याउँछ। ‘ल यो औषधी आधा घण्टापछि दिनुहोला,’ प्रकृति बोलिन्। घडी हेर्‍यो। बेलुकाको सात बजिसकेको थियो। नर्सलाई हेर्‍यो उनी अर्को बिरामीसँग बोल्दै थिइन्। कस्तो सुनिरहुँजस्तो मिठो बोली। उनैलाई एकछिन हेरिराख्यो, हरेक बिरामीलाई आफ्नै आमाबुवाजस्तो माया गरिराखेको। कोही भनेको बुझिराखेका थिएनन्, उनीले दोहोर्‍याई दोहोर्‍याई भन्नुपर्दा पनि कत्ति झर्को मानेकी छैनन्। उसले सुनेको थियो, भगवान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले डाक्टर नर्स बनाए। आज आँखा अगाडि नै देख्दा उसलाई खुसी लागिरहेको छ। अंकित बेलुकाको औषधीपछि थोरै-थोरै गरी क्यान्टिनबाट ल्याएको सुप बाबालाई खुवाउँछ। उसले पनि खाना खाइवरी बाबाको नजिकै बस्छ।

‘खानेकुरा केही खुवाउनुभयो त?,’ उनै प्रकृति उसको नजिक आइन् र सोधिन्। उसले थोरै मुस्कुराउँदै बोल्यो, ‘अलिकति मात्र खानुभयो तर पुरै खान मान्नु नै भएन।’

उसलाई उनै नर्ससँग बोलिरहुँजस्तोझैं लागेको थियो तर रिसेप्सनमा फोन बजिहाल्यो। उनी हतारहतार फोन उठाउन लागिहालिन्। बाबाको बेड सिधा थियो उनको रिसेप्सन। ऊ प्रकृतिको आवाजसँगै हराइरह्यो एकछिन।  

रातको १० बज्दै थियो। उसलाई निद्रा लागेको थिएन। मोबाइल चलाउन चार्ज सकिएको थियो। चार्जर पनि थिएन। अरु कोसँग माग्नु यसबेला भनेर रिसेप्सनमा गयो। उनै प्रकृति नै थिइन्। नरम, मिठास बोली। मुस्कुराइरहेको चेहेरा। हरेक बिरामीसँग उस्तै। आधी रोग नै निको होलाजस्तो। साच्चै बिरामीको आधी रोग त डाक्टर नर्सको बोलीबाट ठिक हुन्छ जस्तै लाग्यो, उसलाई। उनैसँग चार्जर मागेर मोबाइल चार्जमा राख्यो र नजिकै एउटा टुलमा बस्यो।

Ncell
Ncell

प्रकृतिलाई देखेपछि उसको मस्तिष्कका सुषुम्नाहरूको तरङ्गहरू नै बदलिएको थियो। ऊ पटकपटक प्रकृतिलाई हेर्छ अनि आफ्नो अतितको पानाहरू पल्टाउँछ।

साँझ परिसकेको थियो। जिआरइको क्लास सक्काएर अंकित रत्नपार्क हुँदै घर फर्किँदै थियो। रत्नपार्कमा माइक्रो चढ्न ठेलमठेल भइराखेको थियो। उसको बाइकलाई माइक्रोहरूकै जामले एकछिन रोक्काउँछ। माइक्रोमा चढ्न ठाउँ नपाएपछि एक जना युवती हतासजस्तो गरी ऊ भएतिर हेर्छिन्। उसले पनि हेरिराखेको थियो। तपाईं कहाँ पुग्ने? उनीको उज्यालो चहेरा, समधुर आवाजले ऊ अकमकिन्छ।

म वनस्थली जाने, उनीलाई हेर्दै हल्का मुस्कुराउँदै बोल्छ। म बालाजु पुग्नुथियो, उनीले संकोच मानेझैँ बोलिन्। ऊ भित्र-भित्र खुसी थियो, पहिलोचोटि सुन्दर युवतीसँगै यात्रा गर्नेवाला थियो। हतारहतार बोलिहाल्यो, ‘हुन्छ, आउ न म पनि उतै पुग्ने त हो। म पुर्‍याइदिउँला।’ उनी विस्तारै उसको बाइक पछाडि बस्छिन्।

‘अफिस छ हो तिम्रो?,’ बाइक कुदाउन सुरू गर्नासाथ उसले सोध्छ।

‘हस्पिटलमा काम गर्छु,’ उनी बोल्छिन्।

‘नर्स हो?’

‘हजुर।’

‘अनि हस्पिटलकै गाडीले लैजान्न?’

‘म भर्खर सुरू गरेको, भोलिन्टिएर। आफैं आउनेजाने गर्नुपर्छ। खाली बस्न भन्दा केही सिकिन्छ कि भनेर सुरू गरेको। हेर्नु न माइक्रो पाउन कति गाह्रो छ भने नि।’

उनी थप प्रश्न सोध्छिन्, ‘तपाई चाहिँ के गर्नुहुन्छ?’

‘म कलेजहरूमा पार्ट टाइम पढाउँछु। बेलुका चाहिँ आफैं जिआरइ क्लास पढ्दैछु।’

‘के पढाउनुहुन्छ?’

‘केमेष्टी।’

‘अति पढन्दास हुनुहुन्छ कि क्या हो है तपाईं?’

उसले हाँसेर टारिदिन्छ।

यस्तै पढाइ र कामको कुरा गर्दागर्दै उनी बोल्छिन्, ‘त्यहाँ मन्दिरनजिकै रोक्नु है। मन्दिर छेउकै घर हो मेरो।’

कति छोटो हो बाटो आज, अंकित मनमनै हिसाब गर्छ।

‘हाम्रो फर्किने समय उस्तै रहिछ। तिमी निस्किएपछि कल गर, म आइपुग्छु,’ यति बोलेर अंकित उनीलाई एकचोटि पूरै नियाली भ्याउँछ। 

‘१०१ हो तपाईंको नम्बर?,’ उनी थोरै हाँस्दै बोल्छिन्। उसले भाव बुझ्छ अनि आफ्नो नम्बर दिन्छ। उनी चञ्चल पारामा बाई भन्दै घरभित्र पस्छिन्।

भोलिपल्ट क्लास लिएर फर्किँदै थियो अंकित। ऊ हिजोको प्रत्येक पल फेरि आज पनि साक्षात्कार गर्न आतुर थियो। साँझ पर्न लागि सकेको थियो। फोनको प्रतिक्षा गरिराखेको थियो तर फोन आएन। बागबजारको एकता क्याफेमा एकछिन चिया खायो तैपनि ढिला पो आउलिन् कि भनेर। तर अहँ उनको फोन आएन्।

हिजो उनीको फोन नम्बर लिन भुलेकोमा पछुतो लाग्यो अंकितलाई। उसले त्यसपछिका हरेक दिन माइक्रो स्टपमा पनि हेर्‍यो, बेलुका अबेरसम्म पनि कुर्‍यो तर चार दिन कटिसक्दा पनि फोन आएन। पाचौं दिन ऊ फटाफट घर फर्किँदै थियो, आँखा उनै चेहरामाथि ठोक्कियो। शान्त, शालीन, आकर्षक चेहरा। माइक्रोको लाइनमा उभिराखेकी थिइन्। नजिकै गएर बोलायो। किन फोन नै गरिनौं? उनी अझै पनि संकोच मान्दै थिइन्। उसले सहज गरायो। उनी आइन्। किन डर नै मान्यौ कि के त? अंकितले सोध्छ।

डर भएको भए त अहिले पनि आउँथिन नि?

उसले सोच्यो पक्कै मैले उनीको चित्त दुखाएँ होला। फेरि केटी मान्छेहरू सानो कुरामा पनि भावुक हुन्छन। उसले अलि सर्तक हुँदै सोध्यो, किन फोन नगरेको त यतिका दिन? अंकितले बोल्न नपाउँदै उनी बोलीहालिन्। गरे पनि तपाईं मेरो नम्बर त चिन्नु हुन्नथ्यो। न त कसले गरेको भनेर जान्नुहुन्थ्यो।

अंकितले चाल पाइहाल्यो किन उनको फोन नआएको रहेछ। अंकितले त्यो दिन सोध्नुपर्ने धेरै कुरा सोध्न सकेकै थिएन। नर्भस नै थियो अलिअलि। न नाम सोधेको थियो न त फोन नम्बर नै मागेको थियो। पक्कै उनीले सोची होलान् कि यति सजिलै नचिनेको केटासँग नजिकिनु ठिक हुन्न। आफ्नो मान अभिमान पनि त राख्नुपर्थ्यो। तर पनि अंकितको मिठास बोली, हार्दिकतालाई उनीले मन चाहिँ पराएकी थिइन्। अंकित पनि सुन्दर थियो। सबैसँग आदर सम्मानसाथ बोल्थ्यो। हाँसो ठट्टा गर्न झन् माहिर थियो।

बाटोभरि हँसाइरह्यो उसले। मनमुटु धेरै नजिक भएझैं लाग्दै थियो उनीहरूलाई।  उसले फोन नम्बर लिन छुटाएन त्यो दिन। फोन गर्न लगायो उनको मोबाइलबाट। फेरि भोलिबाट अर्को निहुँ चाहिँ नबनाउ नि? उनी बाइकबाट ओर्लिने बेला सम्झायो।

उनी थोरै मुस्कुराइन्।

आज पनि नाम चाहिँ सोध्नुहुन्न? उनले घरको गेट नजिक पुगेपछि सोधिन्।

अंकित फेरि आफू हुस्सु भएकोमा फिस्स हाँस्यो।

म सर्वदा, फेसबुकमा फ्रेन्ड रिक्योस्ट पठाउनुहोला भन्दै उनी घरभित्र पसिन्। ऊ सर्वदालाई मनभरि सजाएर अगाडि बढ्यो। उसलाई अब सर्वदाको बोली, मुस्कानले तरंगित बनाउँदै थियो। उनीको शब्द शब्दमा डुबिराखेको थियो। आफूभित्रै उनीसँग तादम्यता खोजिरहेथ्यो। अंकितले मनमा सजाएकी सुन्दर, सुशील, शालीन पात्र उनै थिइन्।

घर पुगेर उसले पहिला फेसबुक खोल्यो। हतारहतार टाइप गर्‍यो, सर्वदा। प्रोफाइल खोलेर हेर्‍यो। उही सर्वदाको मुस्कानयुक्त तस्वीर। उसले आँखा चिम्लियो अनि लामो सास तान्यो। साससँगै उसले सर्वदालाई शरीरका हरेक कोषसँग साक्षात्कार गरायो। शरीरका हरेक रक्तनलीहरूमा रगतसँगै सर्वदा अक्सिजन बनी घुमिरहिन्। बेग्लै ऊर्जा सञ्चार भयो उसमा।

उसले फेसबुकमा पठाएको रिक्योस्ट तुरुन्तै एसेप्ट गरिसकिछन् सर्वदाले। कुराकानीको दौड सुरू भइसकेको थियो। दिनप्रतिदिन नजिक-नजिक हुँदै थिए उनीहरू। मनमा संचित अनेकौं ऊर्जाहरू प्रवाहित गर्दै एक अर्कालाई झंकृत गराउँथे। भेटघाट पनि बाक्लिँदै गइराखेको थियो। अनायस भएको भेटले प्रेमको रुप लिइसकेको थियो। उनीहरू जीवनभर एक अर्काको सुख-दुःखको लागि साथ दिन तयार थिए।

अंकित अमेरिका जानको लागि तयारी गर्दै थियो। जिआरइ परीक्षा पनि दिइसकेको थियो। उसले अप्लाई गरेको केही यूनिभर्सिटीबाट अफर लेटर आउँदा पनि एम्बेसीबाट भिसा पाउन सकेको थिएन। उसले पटक पटक प्रयास भने गरिराखेको थियो। बिहान दिउँसो कलेजहरूमा पढाइ सकेपछि चाहिँ ऊ एकता क्याफेमा सर्वदालाई पर्खिबस्थ्यो।

सर्वदा पुतलीसडकको नाम चलेकै हस्पिटलमा काम गर्थिन्। उनी पनि काम सक्काएर आइपुग्थिन्। उनीहरूको भेटघाटको केन्द्र बनेको थियो एकता क्याफे। यहाँ बसेर नै उनीहरू देशको राजनीतिदेखि घर गृहस्थीसम्मका कुराहरू गर्थे। 

सर्वदा हस्पिटलको हेपाई देखेर बरु यो नर्सिङ काम नै छोडिदिन्छुसम्म भन्थिन्।

‘त्यति दुःख गरेर पढाइ सकेको छ, अब जागिर गरेर केही कमाउला भन्ने बेला भोलिन्टिएर भएर काम गर्नु परेको छ। पढाइको खर्च कसरी उठ्ला? कमाएर रमाउने कहिले? नर्सहरूको पक्षमा कोही बोल्दैनन् किन? नत्र पाँच दस हजारमा कसरी काममा लगाउन सकेका होलान्? संसारले बुझेको महत्व हामीकहाँ चाहिँ किन बुझिदैन? हामीकहाँ त कति धेरै श्रम शोषण हुँदोरहिछ। त्यसै विदेशिनु परेको चाहिँ होइन रहेछ!,’ सर्वदा दु:खेसो पोख्थिन्।

‘अंकित, म पनि अष्ट्रेलियाको प्रोसेसिङ गर्छु। नेताहरू र उनीहरुकै केही मानिसहरूलाई स्वर्ग रहेछ नेपाल। हामी त लखेटिनु पर्ने त रहेछ,’ उनको अनुभवको निष्कर्ष सुनाउँथिन्।

हस्पिटलले भोलिन्टिएरको रुपमा राखेको छ महिनापछि बल्ल नियुक्ति दिएको थियो, सर्वदालाई। नेपालमा कहीँकतै बाहेक धेरै ठाउँहरुमा नर्सहरूको पीडा उस्तै थियो। जीवन चलाउन नै धौ-धौ। आदर्शले घेरिएर मात्र त जिन्दगी चल्दो रहेनछ। उनीले हस्पिटलको कामसँगै अष्ट्रेलियाको लागि पनि तयारी गर्न थालिन्। तर पनि उनी सुनाउँथिन्, ‘बिरामीहरूको सेवा गर्दा सेवा नै धर्म हो भन्ने कसम सार्थक भएकोमा चाहिँ खुसी लाग्छ। बिरामीहरु निको भएर मुस्कुराउँदै फर्किँदा जीवन अतुलनीय भएझैं लाग्छ। उनीहरूको सद्भाव, प्रेमले अपरिमित प्रेरणा दिइराख्छ। कयौंले मृत्युबाट फर्किएर जीवन पाएकोमा दिएका आशीर्वादहरू अनमोल लाग्छन्। केही बिरामीहरूलाई मृत्यु हुनबाट बचाउन नसक्दा मनलाई गह्रौं भारीले थिचिएको जस्तो लाग्छ। डाक्टर, नर्सहरू भगवानका रुपमा पुज्य पनि केहीले हामीले गर्दा नै ज्यान गएको झैं गरेर हातपात गरेको देख्दा चाहिँ मन अमिलो हुन्छ।’

सरकार, हस्पिटल प्रशासनको पनि कम्ता दोष छैन यस्ता घटना हुनुमा। न पर्याप्त सख्यामा नर्सहरूको व्यवस्था गरेको हुन्छ न त उनीहरूलाई सुविधा नै। सेवा मात्र आश गर्ने हस्पिटल प्रशासन, उचित नीति नियम बनाउन नसक्ने, भएका नियम पनि लागु गर्न नसक्ने सरकार पनि जिम्मेवार छ। देशमै बसेर देशको सेवा गर्छु भन्ने हरेकलाई विदेशी भिसाको लागि सोच्न विवश बनाइरहेको छ।

अंकित सर्वदालाई सम्झाउँथ्यो, ‘जहाँ गए पनि देशलाई बिर्सिएर विदेशमै गुमनाम चाहिँ हुनुहुन्न। स्वदेश तथा विदेशमा सिकेका सिप, अनुभव, दक्षताको प्रयोगले लुटिएको हाम्रो स्वर्ग हामीले फिर्ता ल्याउनै पर्छ। वैदिक ऋचादेखि वुद्धत्वको सृष्टि भूमिलाई हामी ज्ञानको केन्द्र फेरि पनि बनाउन सक्छौं। हाम्रा जल, जमिन, जंगल एवम् सांस्कृतिक सम्पदाहरूको प्रयोगबाट हामी फेरि विश्वलाई सन्देश दिन सक्छौं, हामी कमजोर, हामी गरिब छैनौं।’ सर्वदा आफू विवश भएर विदेशिन लागेकोमा विश्वास गर्छिन्। उनीलाई अंकितको झैं कुनै दिन फेरि नेपाल जुरमुर्राएर उठ्नेछ भन्ने लाग्छ।

उनीहरू प्रेममा हराउँदै हराउँदै समयले एक ढेड वर्ष बिताइसकेको थियो। एक अर्काको प्रेममा चुर्लुम्म डुबेका थिए, प्रेमको परिभाषा थिए उनीहरू। प्रेमसँगै सर्वदाको अष्ट्रेलिया र अंकितको अमेरिकाको लागि सबै प्रक्रिया पूरा भइसकेको थियो।

सर्वदाको भिसा लाग्यो अष्ट्रेलियाको। उनीहरू एकदम खुसी भए। चार हप्तापछि नै सर्वदा अष्ट्रेलिया पुग्छिन्। अष्ट्रेलिया पुगेपछि त झन् हरपल कुरा भइराख्थ्यो अंकितसँग। उनीहरूको भौतिक धरातल टाढा भए पनि नजिक थिए आत्मादेखि। प्रविधि सारथि बनेको थियो। सर्वदा गएको दुई महिनापछि नै अंकितको पनि भिसा लाग्यो अमेरिकाको। केमेष्टीमा पिएचडीको लागि। उसको खुसीको सीमा नै रहेन। उसले तुरुन्तै सर्वदालाई फोन गर्‍यो। तर फोन नै लागेन। अनि फेसबुकमा पनि मेसेज गर्‍यो। प्रतिक्रिया नै आएन। दुई चार दिन हुँदै एक महिना बितिसक्दा पनि कुनै खबर पाउन सकेन। के भयो एक्कासी उसको प्यारी सर्वदालाई? अनायस भेट भएकी उनी अनायसै कहाँ, कसरी बेपत्ता भइन् होला? देशबाट लखेटिएकी एउटा नर्स फेरि विदेशमा पनि बेपत्ता? पत्याउनै सक्दैन ऊ। उसले पाएका अनेकौं जवाफले ऊ झन् विक्षिप्त हुन्छ। कतिका जवाफ त उसले पत्याउन चाहेको पनि छैन। उसको कोष कोषमा भिजेका सर्वदाको यादले उसलाई निदाउनै दिएका छैनन्।

‘ओ भाइ! के गरेको यहाँ?,’ एकदम रुखोसँग नर्सको इन्चार्जले बोलेपछि ऊ झस्किन्छ। नर्समाथि बनेको चित्र एकाएक धुमलिन्छ उसको। ऊ रिसेप्सनको प्लगमा जोडिराखेको चार्जरबाट मोबाइल झिक्छ। इन्चार्ज नर्सले प्रकृतिलाई पनि गाली गर्छिन्। प्रकृति एकचोटि अंकितलाई हेर्छे, ऊ सरी भन्छ मनमनै। प्रकृति मौन स्वीकृति जनाउँछे। अंकित, बाबाले बोलाइरहेको सुन्छ र हतारहतार बाबाको बेडतिर दौडिन्छ।  

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १३:३०
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP