Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत ३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

तिमी र म

Nmb
Nmb
श्याम भण्डारी

श्याम भण्डारी

जेठ १८
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Ncell

Ncell

तिम्रो आलिशान महलभन्दा आफनो झुप्रो नै प्यारो छ मलाई 
तर मलाई पनि त्यस्तै महल बनाउने इच्छा नभएको कहाँ हो र 
तिम्रा चिल्ला चारपाङ्ग्रेभन्दा आफनो पैदल यात्रा नै प्यारो छ मलाई 
तर मलाई पनि त्यस्तै चारपाङ्ग्रेमा गुड्ने रहर नभएको कहाँ हो र
मेरा इच्छाहरू क्षणिक सपना सरी छन् 
मेरा रहरहरू हावामा बालुवाको महलसरी छन्
तिम्रा इच्छाहरू पो वास्तविक इच्छा नै हुन् 
तिम्रा चाहनाहरू पो वास्तविक चाहना हुन्  
त्यही त, तिमी र ममा भएको भिन्नता हो

तिमी मैनबत्तीको ज्वालामा जीवन पगाली रहेछौ
म भने अभावको तापमा जीवन खोजिरहेछु 
तिमी संगीतको तालमा मस्त भई झुमिरहेछौ 
मलाई भने संघर्षको तबलामा नाङ्गो पाउ नाचिरहेछु 
तिमी जीवनलाई मर्सिडिजको स्टेरिङझैँ घुमाउन खोज्छौ 
तिमी जीवनलाई सोमरसझैँ मदहोसीमा पिउन सक्छौ
तर म भने जीवन खोज्न झरना बनेर झर्छु 
तर म भने जीवन खोज्न नदी बनेर बग्छु  
एउटा जीवन जिउन म कयौँ पटक मर्छु 
किनकि तिमी, तिमी नै हौ 
म, म नै हुँ 
त्यही त तिमी र ममा भएको भिन्नता हो 

तिम्रो चौरासी व्यञ्जनभन्दा आफ्नो ढिँडो मिठो छ मलाई 
तर मलाई पनि त्यस्तै चौरासी व्यञ्जनको रहर नभएको कहाँ हो र 
तिम्रो सुकिलो सुटभन्दा आफनो फाटेको दौरा नै प्यारो छ मलाई  
तर मलाई पनि सुकिलो पहिरन लाउने चाहना नभएको कहाँ हो र 
मेरा रहरहरू डोकोमा पानीमा राखेझैँ छन् 
मेरा चाहनाहरू मुठ्ठीमा हावा रोकेझैँ छन् 
तिम्रा रहरहरू पो वास्तविक रहर हुन् 
तिम्रा चाहनाहरू पो वास्तविक चाहना हुन्  
त्यही त तिमी र ममा भएको भिन्नता हो 

तिमी काँटा र छुराले आफ्नै हात काट्दैछौ 
म हलो र कुटोले आफ्ना हातपाउ खियाइ रहेछु
तिमी फेसनमा नाममा फाटेका लुगा लगाउँछौ
म बाध्यताका नाममा फाटेका जामाले लाज ढाक्छु  
तिमी यन्त्रले समय छोट्याइरहेछौ 
सहोदर सम्बन्धहरू छोट्याउँदैछौ 
संवेदना र भावनाविहीन बन्दैछौ 
तिमी आधुनिकतामा नाममा 
समाजबाट टाढा हुँदैछौ 
आफैबाट एक्लै हुँदैछौ 
म हामीहरूसँगै आँसु फुलाइरहेछु 
म हामीहरूसँगै व्यथा बाँडिरहेछु
तिमी जीवन खेलाइरहेछौ 
तर मलाई भने त्यही जीवनले खेलाइरहेछ 
फेरि पनि त्यही जीवन खोज्न म पसिना बनेर बग्छु
फलामको साबेल समाक्षर जीवन खोज्न ठेला बनेर फुट्छु 
एउटा जीवन जीउन कयौँ पटक मर्छु 
किनकि तिमी, तिमी नै हौ म, म नै हुँ
त्यही त, तिमी र ममा भएको भिन्नता हो।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १४:४१
सिफारिस
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
विदेश जान जागिर छाडेका थिए, जेनजी आन्दोलनमा ज्यान गयो!
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
अहिले सेयर बजारमा देखिएका यी दुई संकेतले के भन्छन्?
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP