THE WHEELS – 3
नेपालमा टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका सिइओ राजनबाबु श्रेष्ठ अटोमोबाइल क्षेत्रका अनुभवी इन्जिनियर हुन्।
भारतको चण्डिगढबाट मेकानिकल इन्जिनियरिङ गरेका उनले नेपाल फर्किएपछि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट करिअर सुरू गरे।
त्यसपछि मारूती कम्पनीमा काम गर्दै उनले सर्भिस, सेल्स र व्यवस्थापनको अनुभव हासिल गरे।
सन् १९९९ मा सिप्रदीमा टेक्निकल म्यानेजरका रूपमा जोडिएका उनी अहिले कम्पनीको नेतृत्व तहमा पुगेका छन्।
२७ वर्षभन्दा बढी समय नेपालको अटोमोबाइल क्षेत्रमा बिताएका श्रेष्ठले सिप्रदीको विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा टाटाको सर्भिस नेटवर्क देशभर फैलिएको छ र ग्राहक सेवामा कम्पनीले बलियो पहिचान बनाएको छ।
टाटाका गाडी बिक्रीसँगै आफ्टर सेल्स सर्भिस, जनशक्ति विकास र प्रविधिमा सिप्रदीले ठूलो लगानी गरेको छ।
विद्युतीय गाडीको क्षेत्रमा पनि सिप्रदीले चार्जिङ नेटवर्क, तालिम केन्द्र र ब्याट्री सेवाको पूर्वाधार विकास गरेको छ।
हेर्नुस् नेपालको अटोमोबाइल बजार, टाटाको विस्तार र विद्युतीय गाडीको भविष्यबारे सिइओ राजनबाबु श्रेष्ठसँग गरिएको कुराकानी भिडिओमाः