प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। प्रधामन्त्रीसँगको भेटमा पार्टीले अघि सारेको मागका विषयमा कुराकानी भएको थियो।
कार्यदलको प्रगति विवरणबारे प्रधानमन्त्रीसँग कुरा भएको नेता लक्ष्मणलाल कर्णले सेतोपाटीलाई जानकारी दिए।
कर्णका अनुसार प्रधानमन्त्रीले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, कार्यकर्ताको मुद्दा फिर्तालगायतका विषयमा अझै पनि छलफल भइरहेको भन्दै ठाकुरलाई विश्वस्त पारेका थिए।
सरकारमा जाने विषयमा कुरा भए पनि आफूहरूको मागको सम्बोधन भए मात्र विचार गर्न सकिने छलफलमा कुरा राखेको कर्णले जानकारी दिए।