राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले त्यसबारे वक्तव्य जारी गर्ने भएको छ।
संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेकी थिइन्।
‘राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै हामीले वक्तव्य जारी गर्दैछौं,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सेतोपाटीसँग भने।
वक्तव्य ड्राफ्ट भइरहेको र केहीबेरमा सार्वजनिक गर्ने तयारी छ।
आज बिहानैदेखि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा राष्ट्रपतिका कदमबारे छलफल भइरहेको छ।