नेकपा एमालेका सचेतक महेश बर्तौलाले सदनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' डराउन नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सदनदेखि प्रधानमन्त्री डराउन नहुने बताएका हुन्।
'सदनदेखि प्रधानमन्त्री डराउनु हुँदैन,' बार्तौलाले भने, 'सांसदहरूले उठाएका देश र जनता केन्द्रित मुद्दामा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ।'
उनका अनुसार प्रधानमन्त्रीले र मन्त्रीहरूले नियमित सांसदको प्रश्नको जवाफ दिएर सरकार संसदप्रति पूर्णजवाफदेही हुनुपर्छ।
यस्तै बर्तौलाले संसदको विषयगत समितिहरू बन्न ढिलाइ हुँदा संसदीय प्रक्रियामाथि नै गतिरोध उत्पन्न भएको बताए।