नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सिंहरदरबारभित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइ त्यही ठेकेदार कम्पनीको रहने बताए।
यति कुरा पनि थाहा नहुने सरकार महानगरले फोहोर उठाउँदिनं भनेपछि नीरिह हुने गरेको ओलीले बताए।
'शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइन भन्न सरकार सक्दैन?' ओलीले भने।
उनले सिंहदरबारमा फोहोर थुपरेर रोग फैलाउन नपाइने बताए। फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्र र प्रपञ्च भएको उनको आरोप छ।
'जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ ? जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किन भन्दैन उसले उठाउने होइन भनेर?' ओलीको प्रश्न छ।
ओलीले यति सामान्य विषयमा पनि सरकारले जनतालाई गुमराहमा राखेको उनले बताए
'उसले उठाउन्नं भन्ने बित्तिकै ठेक्का लिने ठेकेदारले किन उठाउँदैन? यस्तो कुरामा सरकार जनतालाई गुमराहमा राखिरहेको छ, त्यसका पछाडिका कारण त्यो ठेकेदारसँगको सरकारी सम्बन्ध के हो? यसको खोजी गर्नुपर्ने अवस्था बन्दैछ,' ओलीले भने।