प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रता र पत्रकारसको सुरक्षा सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारसंस्था र संचारकर्मीको संस्थागत तथा भौतिक सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण गर्ने नीति लिएको बताए।
त्यसका लागि सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए।
‘सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखि एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ,’ उनले भने। ।
ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूलाई भत्ताको व्यवस्था गरिने पनि प्रधानमन्त्री प्रचण्डले बताए।