संघीय संसदको बर्खे अधिवेशन आइतबारदेखि सुरू भएको छ।
प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेदेखि सुरू बसिरहेको छ।
आजको बैठक औपचारिक रूपमा सुरू हुनुभन्दा अघि नै विभिन्न दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले उनीहरूलाई ‘पहिला बैठक सुरू गरौं अनि छलफल गरौंला’ भन्दै बस्न आग्रह गरेका थिए।