जनता समाजवादी पार्टी(जसपा)का सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने माग राखेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जसपा सांसद यादवले नागरिकताविहीनहरूको पीडालाई सरकारलाई ध्यान दिनु पर्नेसमेत बताए।
‘तत्कालीन राष्ट्रपतिले विधेयकलाई होल्ड गरेर अन्याय गर्नुभएको छ। त्यसैले वर्तमान राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नुपर्छ,' उनले भने,'नागरिकताविहीनहरूको पीडालाई महशुस गर्नसक्नु पर्छ।'
यसअघि संसदको दुबै सदनले पास गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्।