नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारका विरूद्ध राज्यले फायर खोल्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भ्रष्टाचारको छानबिनमा राज्य कठोरतापूर्वक उत्रनुपर्ने बताए।
‘अहिले भुटानी शरणार्थीको फाइल खोलिएको छ, यसलाई निष्कर्षमा पुर्याउनुपर्छ,’ शर्माले भने, ‘भ्रष्टाचारका विरूद्ध राज्यले फाइल मात्र होइन फायर पनि खोल्नुपर्छ।’
उनले निर्दोष कोही फस्न नहुने र दोषीलाई कारबाही गरिनुपर्ने समेत बताए।
भ्रष्टाचारमा छानबिनका लागि राज्य कठोरतापूर्वक जानका लागि हदम्याद राख्न नहुने उनको भनाइ थियो।
भिडिओ: