नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
मंगलबार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।
वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।