अर्थमन्त्री प्रकाशशरण महतले आज प्रि बजेट छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन्।
बिहान ११ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा तीन दिनदेखि संघीय संसदमा छलफल जारी छ।
मंगलबार राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिएका थिए।