जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।
पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा जेठ १ गतेदेखि सुरू हुने विधान अधिवेशन, पार्टी संसदीय दलको नेता, प्रमुख, सचेतक चयनमा केन्द्रित रहेको जसपा अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।
जारी बैठकमा सघीय सरकारमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनले बताए। त्यस्तै, बैठकमा मधेस सरकारको कामको समीक्षालगायत अरू समसामयिक विषयमा पनि छलफल हुनेछ।
जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। मौजुदा मन्त्रिपरिषद्मा जसपाले एकजना मन्त्री पठाउन बाँकी छ। वन तथा वातावरण मन्त्रालयमा मन्त्री नतोकिएकाले प्रधानमन्त्रीले नै हेर्दै आएका छन्।
जनता समाजवादी पार्टीले त्यही मन्त्रालय पाउने बताइएको छ।