नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गुरूङले भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने अभियानमा सरकारले सो प्रकरणमा दायाबाया नगरी लागेको खण्डमा एमालेले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘यो अभियान, छानविन र अनुसन्धानलाई दायाँबायाँ,तलमाथी नगरी दोषी नछुटुन्, निर्दोष नफसुन् भनेर सरकार लागोस्। नेकपा एमाले सरकारको काममा सहयोग गर्न तयार छ,’ उनले भने।
उनले सोही प्रकरणमा मुछिएका आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझीलाई पनि अनुसन्धानमा सहयोग गर्न पार्टीले निर्देशन दिइसकेको सदनलाई जानकारी गराए।