प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरू गर्ने अठोटमा रहेको बताएका छन्।
पर्यटन बोर्डमा निर्मल लामाको स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकार सानादेखि ठूलासम्म राम्रामात्रै काम गर्ने अभियानमा लागेको बताएका हुन्।
‘यहाँहरूले देखिराख्नु भएको छ। हामी सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले अघि बढाइरहेका छौँ। सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्रा बाहेक नराम्रा गर्दै नगर्ने भनेर हामी लागेका छौँ,’ उनले भने, ‘मलाई विश्वास छ, सुशासन, न्यायाको निम्ति हामीलाई सम्पूर्ण इमान्दार, क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज र आम नागरिकको पनि साथ हुनेछ।’
राजनीतिमा जटिलता आइराख्ने बताउँदै उनले सुशासनका निम्ति गम्भीर अठोटका साथ अघि बढेको बताए।