नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
आज अपरान्ह ५ बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापतिले पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।
केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता खाणसमेत मुछिएका छन्।
सभापति देउवाले आजै तरूण दलका पूर्वसभापतिहरूसँग पनि छलफल गरेका थिए।