नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान अगाडि बढेकोमा खुशी व्यक्त गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय समिति बैठक सुरू हुनुअघि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अनुसन्धान अगाडि बढेकोमा आफू खुशी नै रहेको बताएका हुन्।
धेरै संख्यामा मानिसहरू ठगि र शोषणमा परेपछि यो प्रकरण छताछुल्ल भएको बताउँदै ओलीले कुनैपनि हालतमा निर्दोष फस्न नहुने बताए।
‘जो पक्राउ परेपनि केही छैन ।तर, दोषी छुट्न हुँदैन, निर्दोष फस्नु हुँदैन,’ओलीले भने।
उनले देखाउने भनिएको मुख्य फिल्म बाँकी नै रहेको पनि बताए।
‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ,’ उनले भने।