परराष्ट्रमन्त्री एनपी साउद र पोर्चुगलका समकक्षी जओँ गोमेस क्राभिन्होबीच टेलिफोन वार्ता भएको छ।
बिहीबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरूले द्विपक्षीय तथा बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए।
कांग्रेसका सांसद समेत रहेका साउद वैशाख ३ गते परराष्ट्रमन्त्री बनेका थिए।