गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूलाई शुक्रबार मन्त्री बनाइएको हो।
नेकपा एकीकृत समाजवादीलाई पनि एक मन्त्री दिने तयारी भए पनि निर्णय भइसकेको छैन।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्र थापा मन्त्री नियुक्त भएका छन्।
माओवादीका रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन्।
एकीकृत समाजवादीका राजिव गुरूङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने तयारी भए पनि निर्णय भइसकेको छैन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार आज अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ गर्ने कार्यक्रम छ।
यसअघि कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिंखडा मन्त्री भएका थिए।
गत वैशाख १४ मा कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।