प्रतिनिधि सभाको बैठम आज बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधान) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरूषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।