माओवादी केन्द्रका सांसद माधव सापकोटाले मानव तस्करसँग जोडिएको नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएर क्रमशः अरू फाइल खोल्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यसलाई विषयान्तर गर्न नहुने बताएका हुन्।
‘मानव तस्करी जोडिएको भ्रष्टाचारको विषय आएको छ। सम्पूर्णरूपमा देश यसमा केन्द्रित हुनुपर्छ। यसलाई निष्कर्षमा पुर्याइनु पर्छ,’ यस विषयलाई विषयान्तर गर्ने, यस विषयलाई कमजोर पार्न अरू कुरा उठाउनु भनेको भ्रष्टाचारलाई नै मद्दत पुर्याउनु हो। अहिले चलिराखेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर अरू फाइल खोल्ने दिशामा सरकार जाओस्।’
उनले रत्नराज्य क्याम्पसका पाँच सय विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि खेलबाड गर्ने काम भएको भन्दै दोषीलाई कारबाही गर्न पनि माग गरेका छन्।