राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाले सांसदहरूले लगाउने पोशाक तय गरेकोप्रति प्रश्न उठाएकी छन्।
उनले भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्न यस्तो नियम ल्याइएकोले सफल हुन नदिइने बताइन्।
‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौं। समय निकै भएकैले होला टि-सर्ट र जिन्समा अड्किनु भएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भनिन्, ‘यहाँहरुको प्राथमिकता के हो? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने?’
उनले परिवर्तनको मशाल बोक्नेहरूलाई सत्तामा रहेका शासकहरूले दवाउने गरेको पनि बताइन्।
‘हरेक सामाजिक परिवर्तनको सुरूवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मशाल बोक्नेहरूलाई दबाएरै सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरै देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गर्ने। तर "बच्चा" भनेर लेबल लगाइएका र "टि-सर्ट र जिन्स" लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबै- हाम्रा परिवर्तनका वाहकहरूलाई आश्वासन दिन चाहन्छु हामी सही बाटोमा छौं।’
भिडिओ: