जनता समाजवादी पार्टीका सांसद राजकिशोर श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य स्थापित गर्न खोजिएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यो सामान्य भ्रष्टाचार नभएको र देशद्रोह भएको भएको टिप्पणी गरे।
‘यसले राजनीतिक वृत्तमा अविश्वास पैदा गरेको छ,’ उनले भने, ‘यसलाई यहीरूपमा लिई कारबाही प्रक्रिया अघि बढाउनुपर्छ।’
उनले यसबीचमा शीर्ष तहका नेताहरूको भेटघाटले मिलेमतोको आशंकलाई बल पुगेको पनि बताए।
‘अहिले जसरी ठूला दलका नेताहरू दिनहुँ भेट भइरहेको छ, आम जनमानसमा शंका निर्माण हुने अवस्था सिर्जना भएको छ,’ उनले बताए।