प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त कुराको पुष्टि गरेका हुन्।
‘टोपबहादुर रायमाझी पक्राउ परेको सूचना आएको छ’, गिरीले भने, ‘अब सभामुखले नियमावली अनुसार संसद बैठकमा सुनाउनु हुनेछ।’
आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको थियो।
मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ।
भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए।
वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए।
