नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सुनाएका छन्।
सोमबार सभामुख देवराज घिमिरले उनी पक्राउ परेको सूचना संसद बैठकमा पढेर सुनाएका थिए।
प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो।
वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट निलम्बन गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानमा सघाउ पुगोस् भनेर सचिवबाट निलम्बन गरेको एमालेले बताएको थियो।
प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन्। टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो।
*यसअघि समाचारको शीर्षकमा निलम्बन शब्द प्रयोग भएकोमा सच्याइएको छ। कुनै पनि सांसद अभियोगपत्र दायर भएर थुनामा नपर्दासम्म निलम्बन नहुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। गल्तीका लागि क्षमाप्रार्थी छौं। - सम्पादक