नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ।
अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि पोखरेलले जानकारी दिए।
उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।
सोमबार जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसलगत्तै उनलाई सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको हो।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिइएको थियो। खाणसँग मंगलबार पुन: बयान लिइने भएको हो।
यस प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। अन्यको बयान भइसकेको छ।