सरकारले तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउन विधेयक तर्जुमा गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक तर्जुमा गर्न स्वीकृत प्रदान गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
गत माघमा तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दूक रूइत र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको भेटवार्ता प्रधानमन्त्रीले अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता दिएका थिए।