प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ।
बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका थिए।
उनीहरूले आकस्मिक समयमा बोल्न सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए। तर सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दै रास्वपालाई बोल्न समय दिएनन्।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाको रूपमा हेरिएको र विभेद गरिएकोले १५ मिनेट संसद बैठक बहिष्कार गरेको बताएका छन्।
उनले बिरालोलाई कोठामा थुन्ने काम नगरियोस् भनेका थिए।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गरिरहेका छन्।
यो पनि: आजै निलम्बन फुकुवाको माग गरेका लामिछानेलाई सभामुख घिमिरेले के दिए जबाफ?
तस्बिरहरू:
-1738310937.jpeg)
-1738310937.jpeg)
-1738310936.jpeg)
-1738310936.jpeg)
-1738310935.jpeg)
-1738310935.jpeg)
-1738310935.jpeg)
-1738310932.jpeg)
-1738310932.jpeg)
-1738310931.jpeg)
-1738310931.jpeg)
-1738310930.jpeg)
-1738310930.jpeg)
-1738310930.jpeg)
-1738310928.jpeg)
-1738310928.jpeg)
-1738310928.jpeg)
-1738310927.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी