राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कास्कीको पोखरामा शुक्रबार विरोध सभा गरेको छ।
बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको चिप्लेढुंगामा बृहत जागरण सभा गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणालगायत नेताहरू सहभागी छन्।
राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५, कर्णालीमा फागुन २७ गते यस्तै सभा गर्ने भएको छ।
तस्बिरहरू:


सबै तस्बिर: अध्यक्ष लिङ्देनको फेसबुकबाट।