रिंकुकुमारी सदायको न्यायको लागि माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ।
सोमबार माइतीघर मण्डलमा उनीहरूले प्रदर्शन गरेका हुन्।
माघ ३० गते सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ भवगतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
उनी झुण्डिएको अवस्थामा फेला परेसँगै उनका परिवारले इलाका प्रहरी कार्यालय लहानमा 'आत्महत्या दुरूत्साहन' मा रूपेश मन्डलविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।
घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
रिंकुका परिवारले बिहीबार (फागुन ८) इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणीसहित चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए।
कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका हुन्।
-1740402706.jpg)
-1740402706.jpg)
-1740402704.jpg)
-1740402705.jpg)
-1740402701.jpg)
-1740402703.jpg)
-1740402704.jpg)
-1740402705.jpg)
-1740402702.jpg)
-1740402702.jpg)
-1740402701.jpg)
-1740402701.jpg)
-1740402701.jpg)