नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि १४ वटा समिति संयोजक तोकेको छ।
अध्यक्ष दुजाङ शेर्पाले चैत ५ गते हुने स्ववियु चुनावका लागि १४ समिति संयोजक तोकेका हुन्।
स्ववियुमा नेविसंघका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई विजयी बनाउन र चुनावी गतिविधिलाई प्रभावकारी बनाउन संयोजकहरू तोकिएको अध्यक्ष शेर्पाको भनाइ छ।
यी प्रत्येक समितिमा एक जना सदस्य सचिव रहने व्यवस्था छ।
