नेपाली कांग्रसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूलाई प्रशिक्षण दिएको छ।
रूपन्देहीको भैरहवामा कांग्रेसले फागुन १९ र २० गते क्षेत्रीय सभापतिहरूलाई दुई दिने प्रशिक्षण दिएको हो।
प्रशिक्षणमा महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमितिको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचननबारे, अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्गठन र समुन्नतिका लागि समय, संयम्, सम्प्रेषण र सहकार्यबारे प्रशिक्षण दिए।
जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद: नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको विषयमा सहजीकरण गरेका थिए।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको प्रतिष्ठानले यसअघि पोखरामा जिल्ला सभापतिहरूका लागि प्रशिक्षण दिएको थियो।