राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेकी अन्जना शाह रावल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन्।
रावल बुधबार राप्रपा नेपालमा प्रवेश गरेकी हुन्।
अहिले कथित नवराजावादीहरू हाबी भइरहेको उल्लेख गर्दै उनले २०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापा नेतृत्वको पार्टीमा योगदान गर्न प्रवेश गरेको बताएकी छन्।
‘२०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापालाई राजनीतिक घेराबन्दी पारिएको छ। कथित राजावादीहरू हाबी भइरहँदा मलाई लाग्यो थापा नेतृत्वको पार्टीमा गएर योगदान गर्नुपर्छ,’ उनले भनिन्।
राजासहित प्रजातन्त्र र हिन्दु अधिराज्य स्थापना गर्न भेला मात्र होइन, जनविद्रोह आवश्यक रहेको उनको भनाइ छ। त्यो जनविद्रोह नेतृत्व थापाले मात्र गर्न सक्ने उनले बताइन्।
उनले २०८१ असार ६ गते राप्रपा परित्याग गरेकी थिइन्।
यो पनि: राप्रपाकी महिला संगठन अध्यक्ष अन्जनाले छाडिन् पार्टी