गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवास पुननिर्माणको कार्य सुरू भएको बताएका छन्।
बझाङमा जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटन गर्दै उनले भूकम्पले प्रभावित जिल्लाहरूमा पुननिर्माण गर्न कार्यालय स्थापना गरिएको बताए।
‘निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरूको पुनःनिर्माणको लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ।निजी आवास पुननिर्माणको कार्य स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको र लाभग्राही पहिचान तथा छनोट गरी सिफारिस गर्नुहुन्छ त्यति छिटो नै पुननिर्माणको कार्य सुरू हुन्छ,’ उनले भने।
विकासमा सबै दलहरूको सहयोग आवश्यक पर्ने पनि उनले बताए।