त्रिभुनव विश्वविद्यालयको रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा तोडफोड भएको छ।
शुक्रबार रेक्टर र डिन कार्यालयका कुर्सी, टेबुललगायत तोडफोड भएको भेटिएको हो।
कसले तोडफोड गर्यो यकिन भइसकेको छैन।
नेविसंघले तोडफोड गरेको आशंका भए पनि नेविसंघले विज्ञप्ति निकालेर आफूहरूको संलग्नता नरहेको उल्लेख गरेको छ।
नेविसंघ त्रिवि समितिका विष्णु बडैलाले शुक्रबार विज्ञप्ति निकालेर तोडफोडको घटना 'हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन' भन्ने उल्लेख गरेका छन्।
नेविसंघले गत माघ २ गते उपकुलपति, रेक्टर र रजिष्ट्रार कार्यालयमा पर्चा टाँस गर्दै उपकुलपति, रेक्टर र रजिष्ट्रारको राजीनामा मागेको थियो।
त्रिवि उपकुलपति प्रा.डा. केशरजङ्ग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजाल छन्।