नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ।
असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेष गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको थियो।
बैठक अब कात्तिक १३ गते दिउँसो १ बजेदेखि सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्।
कार्यवाहक सभापति खड्काकै सभापतित्वमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको थियो।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी थियो।