पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ/वैकल्पिक राजनीतिक दल, समूह र अभियानीहरूबीच आज छलफल भएको छ।
भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा हालै माओवादी परित्याग गरेका जनार्दन शर्मा, रास्वपा कार्यवाहक सभापति डिपी अर्याललगायत नेताहरू सहभागी छन्।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि यो छलफल गरिएको भट्टराईको सचिवालयले जनाएको छ।