फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन्।
एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, स्वतन्त्र उम्मेदवारी दिएका रवि शाह र हिमाल भुसाल मालारानी गाउँपालिका–५ बागी एउटै गाउँका हुन्।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विष्णुप्रसाद खनाल मुस्कान मालारानी गाउँपालिका–४ खनकाका बासिन्दा हुनुहुन्।
मालारानी गाउँपालिकाका पाँच जना उम्मेदवार छन्।
अर्घाखाँचीमा विभिन्न पार्टी र स्वतन्त्र गरी एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।