बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको मन्त्रिपरिषदको आकार ५० सदस्यीय बनेको छ। प्रधानमन्त्री रहमान, मन्त्री र राज्यमन्त्रीहरूले मंगलबार नै शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका थिए। मंगलबार शपथपछि बुधबारदेखि नै सरकारले काम सुरू गर्ने प्रधानमन्त्री रहमानले बताएका थिए।
उनको सरकारमा २५ जना मन्त्री र २४ जना राज्यमन्त्री रहेका छन्।
नयाँ मन्त्रिपरिषदमा अनुभवी राजनीतिज्ञसँगै प्राविधिक विज्ञहरु पनि छन्।
फेब्रुअरी १२ मा भएको चुनावबाट दुई तिहाई जित्दै बंगलादेश नेश्नलिस्ट पार्टी सत्तामा फर्किएको छ।
मन्त्रिपरिषद्मा मिर्जा फखरुल इस्लाम आलमगीरलाई स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय, अमिर खस्रु महमुद चौधरीलाई अर्थ तथा योजना मन्त्रालय, सलाहुद्दीन अहमदलाई गृह मन्त्रालय र इकबाल हसन महमुदलाई विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी खालिलुर रहमान (टेक्नोक्र्याट) परराष्ट्र मन्त्रालय, ए एन एम एहसानुल हक मिलन शिक्षा तथा प्राथमिक र जनशिक्षा मन्त्रालय, सरदार सखावत हुसेन स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय तथा शैख रबिउल आलमलाई सडक यातायात, पुल, रेल र जलयातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
राज्यमन्त्रीतर्फ शमा ओबैद इस्लामलाई परराष्ट्र, जुनायद साकीलाई अर्थ तथा योजना, नुरुल हक नुरलाई श्रम तथा वैदेशिक रोजगार, बबी हज्जाजलाई शिक्षा तथा प्राथमिक शिक्षा र अली नेवाज महमुद खैयामलाई संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नयाँ सरकार गठनसँगै आर्थिक पुनरुत्थान, ऊर्जा सुरक्षा, वैदेशिक रोजगार व्यवस्थापन, जलवायु परिवर्तन र प्रशासनिक सुधार सरकारका प्राथमिक एजेन्डा हुने अपेक्षा गरिएको छ। बीएनपी नेतृत्वको सरकारको पुनरागमनले बंगलादेशी राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत दिएको छ।
मन्त्रीहरूः
१. मिर्जा फखरुल इस्लाम आलमगीर — स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय
२. अमिर खस्रु महमुद चौधरी — अर्थ तथा योजना मन्त्रालय
३. सलाहुद्दीन अहमद — गृह मन्त्रालय
४. इकबाल हसन महमुद — विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालय
५. हाफिज उद्दिन अहमद — मुक्ति युद्ध मामिला मन्त्रालय
६. अबु जाफर एमडी जाहिद हुसैन — महिला तथा बालबालिका मामिला र सामाजिक कल्याण मन्त्रालय
७. खालिलुर रहमान (टेक्नोक्र्याट) — परराष्ट्र मन्त्रालय
८. निताइ रोय — संस्कृति मन्त्रालय
९. अब्दुल आवाल मिन्टु — वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
१०. शाह मोफज्जल हुसैन काइकोबाद — धार्मिक मामिला मन्त्रालय
११. मिजानुर रहमान मिनु — भूमि मन्त्रालय
१२. खन्दाकर अब्दुल मुक्तादिर — वाणिज्य, उद्योग, वस्त्र तथा जूट मन्त्रालय
१३. अरिफुल हक चौधरी — वैदेशिक रोजगार तथा प्रवासी कल्याण, श्रम तथा रोजगार मन्त्रालय
१४. जाहिर उद्दिन स्वप्न — सूचना तथा प्रसारण मन्त्रालय
१५. अमिनुर राशिद (टेक्नोक्र्याट) — खाद्य, कृषि, मत्स्य तथा पशुपन्छी मन्त्रालय
१६. अफरोजा खानम रिता — नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय
१७. शाहिद उद्दिन चौधरी अनी — जलस्रोत मन्त्रालय
१८. असादुल हबीब दुलु — विपद् व्यवस्थापन तथा राहत मन्त्रालय
१९. एमडी असदुज्जामान — कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
२०. जकारिया ताहेर — आवास तथा सार्वजनिक निर्माण मन्त्रालय
२१. दिपोन देवान — चिटगाँग हिल ट्र्याक्ट्स मामिला मन्त्रालय
२२. ए एन एम एहसानुल हक मिलन — शिक्षा मन्त्रालय तथा प्राथमिक र जनशिक्षा मन्त्रालय
२३. सरदार सखावत हुसेन — स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
२४. फकिर महबुब अनाम — हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय
२५. शैख रबिउल आलम — सडक यातायात तथा पुल, रेल तथा जलयातायात मन्त्रालय
राज्यमन्त्रीः
१. एम राशिदुज्जमान मिल्लत — नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय
२. अनिन्द्य इस्लाम अमित — विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालय
३. एमडी शरीफुल आलम — वाणिज्य, उद्योग, वस्त्र तथा जूट मन्त्रालय
४. फरहाद हुसैन आजाद — जलस्रोत मन्त्रालय
५. शमा ओबैद इस्लाम — परराष्ट्र मन्त्रालय
६. सुल्तान सलाहुद्दीन टुकु — खाद्य, कृषि, मत्स्य तथा पशुपन्छी मन्त्रालय
७. बैरिस्टर कायसर कमाल — भूमि मन्त्रालय
८. एमडी अमिनुल हक (टेक्नोक्र्याट) — युवा तथा खेलकुद मन्त्रालय
९. मीर मोहम्मद हेलाल उद्दिन — चिटगाँग हिल ट्र्याक्ट्स मामिला मन्त्रालय
१०. हाबिबुर राशिद हाबिब — सडक यातायात तथा पुल, रेल तथा जलयातायात मन्त्रालय
११. राजिब अहसान — सडक यातायात तथा पुल मन्त्रालय
१२. एमडी अब्दुल बारी — सार्वजनिक प्रशासन मन्त्रालय
१३. मीर शाहे आलम — स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालय
१४. जुनायद साकी — अर्थ तथा योजना मन्त्रालय
१५. इशराक हुसेन — मुक्ति युद्ध मामिला मन्त्रालय
१६. फरजाना शर्मिन — महिला तथा बालबालिका मामिला तथा सामाजिक कल्याण मन्त्रालय
१७. शैख फरिदुल इस्लाम — वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
१८. नुरुल हक नुर — श्रम तथा रोजगार तथा वैदेशिक रोजगार र प्रवासी कल्याण मन्त्रालय
१९. यासिर खान चौधरी — सूचना तथा प्रसारण मन्त्रालय
२०. एम इकबाल हुसेन — विपद् व्यवस्थापन तथा राहत मन्त्रालय
२१. एम ए मुहित — स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय
२२. अहमद सोहेल मनजुर — आवास तथा सार्वजनिक निर्माण मन्त्रालय
२३. बबी हज्जाज — शिक्षा मन्त्रालय तथा प्राथमिक र जनशिक्षा मन्त्रालय
२४. अली नेवाज महमुद खैयाम — संस्कृति मन्त्रालय