इलामको प्रतिनिधि सभा निर्वाचनअन्तर्गत इलाम–२ को जारी मतगणनामा नेकपा एमाले एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाएका छन्।
उनले १० हजार १४१ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ९ हजार ४२१ र नेपाली कांग्रेसका भेषराज आचार्यले ५ हजार ४६० मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले २ हजार ३७० मत प्राप्त गरेका छन्।