रूपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लेखजंग थापा निर्वाचित भएका छन्।
शनिबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले ५८ हजार ८१४ मत ल्याएका छन्।
कांग्रेसका सुशील गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। रास्वपाका लेखजंग ५० हजार ३७९ मतान्तर राखेका छन्।
एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन्।